4 years ago
November 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना संक्रमणसँगै स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
सन्दीप काठमाडौंमा रहेको ह्याम्स अस्पताल भर्ना भएका छन् । होम आइसोलेसनमा बसेका सन्दीप स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना हुनु परेको हो । स्रोतको अनुसार सन्दीपको अवस्था भने सामान्य छ ।
शनिबार सन्दीपलाई कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल हुनुअघि गरिएको पिसिआर परिक्षणमा सन्दीपको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । सन्दीप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण हुँदै बिग ब्यास लिग खेल्न डिसेम्बर दोस्रो साता अष्ट्रेलिया जाने तयारीमा थिए ।
सन्दीप यसै साता सम्म बन्द प्रशिक्षणमा सामेल हुने बताएका थिए । योसँगै अब उनी ठिक भएपछि बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जाने छन् । यस अघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले यस पटक भने होबार्ट हुरिकेन्सबाट खेल्ने छन् ।
सन्दीप इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्समा रहँदै संयुक्त अरव इमिरेट्स (यूएई) बाट कात्तिक २७ मा नेपाल फर्किएका थिए । सन्दीप तीन महिना पछि नेपाल फर्किएका थिए । गत साउन १५ मा नेपालबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका थिए । जमैका तलावाजबाट सिपिएल खेलेका सन्दीपले १० खेलमा १२ विकेट लिएका थिए ।
सन्दीप सिपिएल खेलेर भदौ २९ मा संयुक्त अरब एमिरेट्स (यूएई) आइपिएल खेल्न पुगेका थिए । आइपिएलमा दिल्ली फाइनल सम्म पुगेपनि सन्दीप पुरै खेलमा बेन्चमा बसेर फर्किएका थिए ।
मंगलबार कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आइसकेको छ । यी तीनै खेलाडी प्रशिक्षणमा सामेल भई सकेका छन् ।
गत शुक्रबार कोरोना संक्रमण देखिएका अनुभवी वसन्त रेग्मी भने होम आइसोलेसनमा छन् । ज्ञानेन्द्र, दीपेन्द्र र रोहितलाई कुनै पनि लक्ष्यण नदेखिदा तीन दिनैमा पुनः परिक्षण गरिएको थियो । वसन्तले भने कोरोना लक्ष्यण देखिएपछि परिक्षण गराएका थिए ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]