4 years ago
November 29, 2020
एजेन्सी – अष्ट्रेलिया पूर्व कप्तान तथा शीर्षक्रमका ब्याट्सम्यान स्टिभ स्मिथ भारतविरुद्ध लगातार दोस्रो ओडिआई खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।
अष्ट्रेलियालाई भारतसँगको तीन ओडिआई खेलको सिरिज एक खेल अगावै जिताउन उत्कृष्ट प्रर्दशन गर्दै दुबै खेलमा शतक प्रहार गरेका थिए । दोस्रो खेलमा भारतलाई ५१ रनले हराउन स्मिथले ६४ बलमा १४ चौका र २ छक्का सहित १ सय ४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए ।
पहिलो खेलमा पनि भारतलाई ६६ रनले हराउन स्मिथले उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । जसक्रममा ६६ बलमा ११ चौका र ४ छक्का सहित १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए । यी दुबै खेलमा स्मिथले ६२ बलमा शतक पूरा गरेका थिए । जुन अष्ट्रेलियाबाट ओडिआई सर्वाधिक छिटो तेस्रो शतक पर्दछ ।
यो स्मिथको ओडिआई करिअरको ११ औं ओडिआई शतक पर्दछ । स्मिथको भारतविरुद्ध लगातार तेस्रो शतक हो । गत जनवरीमा बंगलोरमा स्मिथले भारतविरुद्ध १ सय ३२ बलमा १४ चौका र १ छक्का सहित १ सय ३१ रनको शतकीय इनिङ खेलेका थिए । तर अष्ट्रेलिया ७ विकेटले पराजित हुन पुगेको थियो ।
समग्रमा स्मिथले भारतविरुद्ध ओडिआईमा ५ शतक प्रहार गरेका छन् । भारत स्मिथको सबैभन्दा लक्की विपक्ष्य टोली मानिन्छ । स्मिथको पछिल्लो पाँच इनिङ भारतविरुद्ध क्रमशः १०४, १०५, १३१, ९८ र ६९ छ ।
पहिलो खेलमा सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको रोजेको भारतविरुद्ध ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७४ रन बनाएको थियो । भारतले लक्ष्य पछ्याउने क्रममा ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ८ रन बनाएको थियो ।
दोस्रो खेलमा पनि टस जित्दै पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ८९ रन बनाएको थियो । जवाफी ब्याटिङमा भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३८ रन बनाउन सक्यो । भारतको दुबै खेलमा बलिङ निकै कमजोर देखिएको छ । तेस्रो तथा अन्तिम ओडिआई खेल बुधबार हुने छ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]