4 years ago
November 29, 2020
एजेन्सी – अष्ट्रेलियाले भारतसँगको तीन ओडिआई खेलको सिरिज एक खेल अगावै जितेको छ । दोस्रो ओडिआई खेलमा भारतलाई ५१ रनले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अगावै सिरिज जित्न सफल भएको हो ।
जितका लागि ३ सय ९० रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३८ रन बनाउन सक्यो । पहिलो विकेटका लागि शिखर धवन र मयंक अग्रवालले ७.४ ओभरमा ५८ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर जोश हेजलवुडले धवनलाई मिचेल स्टार्कबाट ३० रनमा क्याच आउट गराएका थिए । धवनले २३ बलमा ५ चौका प्रहार गरे ।
लगत्तै नवौं ओभरको तेस्रो बलमा अर्का ओपनर अग्रवाललाई प्याट कमिन्सले विकेटकिपर एलेक्स केरीबाट २८ रनमा क्याच गराए । अग्रवालले २६ बलमा ४ चौका प्रहार गरे । मध्यगतिका बलर मोइसेस हेनरिक्सको बलमा ठूलो सट खेल्ने क्रममा युवा ब्याट्सम्यान श्रेयस ऐर मिडविकेटमा स्टिभ स्मिथबाट ३८ रनमा क्याच आउट हुन पुगे । ऐरले ३६ बलमा ५ चौका प्रहार गरे ।
चौथो विकेटका लागि कप्तान विराट कोहली र लोकेश राहुल (केएल) ले ७० बलमा ७२ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाउन खोजेका थिए । तर हेजलवुडको ३५ औं ओभरको पाँचौ बलमा हेनरिक्सले उत्कृष्ट डाइभ मार्दै मिडविकेटमा कोहलीलाई ८९ रनमा क्याच गरेपछि भारतको जित टाढिएको थियो । कोहलीले ८७ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
विकेटकिपर लोकेश राहुल तल्लोक्रममा ६६ बलमा ४ चौका र ५ छक्का सहित ७६ रनमा आउट भए । स्पिनर एडम जाम्पाको ४४ औं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर राहुल हेडलवुडबाट समातिन पुगेका थिए ।
तल्लोक्रममा रविन्द्र जडेजाले ११ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २४ रनमा क्याच आउट भए । हार्दिक पान्ड्या ३१ बलमा १ चौका र १ छक्का सहित २८ रनमा स्टिभ स्मिथबाट क्याच आउट भए । कमिन्सले ४७ औं ओभरको पहिलो बलमा जडेजा र दोस्रो बलमा पान्ड्यालाई आउट गरेका थिए ।
अष्ट्रेलियाका प्याट कमिन्सले १० ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले ९ ओभरमा ५९ रन खर्चेर २ विकेट लिए । एडम जाम्पाले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । ग्लेन म्याक्सवेल र मोइसेस हेनरिक्सले एक एक विकेट लिए ।
त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ८९ रन बनाएको थियो । अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन शीर्षक्रमका पाँचै ब्याट्सम्यानले ५० भन्दा माथिको योगदान दिए । ओडिआई इतिहासमा दोस्रो पटक शीर्षक्रमका पाँचै ब्याट्सम्यानले ५० माथिको रन बनाएका हुन् । ग्लेन म्याक्सवेल २९ बलमा ४ चौका र ४ छक्का सहित ६३ रनमा अविजित रहे ।
स्टिभ स्मिथले ६४ बलमा १४ चौका र २ छक्का सहित सर्वाधिक १ सय ४ रनको शतकीय इनिङको योगदान दिए । भारतविरुद्ध स्मिथको यो लगातार तेस्रो शतक हो । स्मिथ पहिलो ओडिआई खेलमा १ सय ५ रनको शतकीय इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए । गत जनवरीमा बंगलोरमा स्मिथले भारतविरुद्ध १ सय ३१ रनको इनिङ खेलेका थिए ।
स्मिथ जारी सिजनको दुैब खेलमा ६२ बलमा शतक पूरा गरे । ओ स्मिथको ओडिआई करिअरको ११ औं शतक पर्दछ । जसमध्य पाँच शतक भारतविरुद्ध छ । स्मिथ हार्दिक पान्ड्याको ४२ औं ओभरको दोस्रो बलमा मोहम्मद शामीबाट क्याच आउट हुन पुगेका थिए ।
ओपनर आरोन फिन्च र डेभिड वार्नरले पहिलो विकेटका लागि २२.५ ओभरमा १ सय ४२ रनको उत्कृष्ट साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए थिए । मोहम्मद सामीको बलमा एज लागेर फिन्च एक्स्ट्रा कभरमा कप्तान विराट कोहलीबाट क्याच आउट भएपछि साझेदारी तोडिकएको थियो । फिन्चले ६९ बलमा ६ चौका र १ छक्का सहित ६० रन जोडे ।
२६ औं ओभरको तेस्रो बलमा दुई रन लिने क्रममा डेभिड वार्नरलाई श्रेयस ऐरले लङअफबाट सिधैं स्टम्पमा ताकेपछि रन आउट हुँदै शतक बनाउन चुकेका थिए । डेभिड वार्नर ७७ बलमा ७ चौका र ३ छक्का सहित ८३ रनको योगदान दिए ।
तेस्रो विकेटका लागि स्मिथ र मार्नस लाबुसेनले ९५ बलमा १ सय ३६ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफल सम्म पुर्याए । मार्नस लाबुसेन ६१ बलमा ५ चौका चौका सहित ७० रनको योगदान दिए । चौथो विकेटका लागि लाबुसेन र म्याक्सवेलले ८५ बलमा ८० रनको उत्कृष्ट साझेदारी गरेका थिए । लाबुसेनलाई ४९ औं ओभरको पाँचौ बलमा जस्प्रित बुमराहले मयंक अग्रवालबाट मिडअफमा क्याच आउट गराएका थिए ।
भारतका जस्प्रित बुमराहले १० ओभरमा १ मेडन सहित ७९ रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ९ ओभरमा ७३ रन खर्चेर १ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । भारतले आज सात बलरलाई प्रयोग गरेको थियो । पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको थियो । तेस्रो तथा अन्तिम खेल बुधबार मनुका ओवल क्यानवेरामा हुँने छ । अन्तिम खेलमा भारत क्लिनस्विपबाट बच्ने खोज्ने छ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]