default_image

4 years ago

November 29, 2020

भारतविरुद्ध स्मिथको लगातार शतक

117 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका शीर्षक्रमका ब्याट्सम्यान स्टिभ स्मिथले भारतविरुद्ध लगातार दोस्रो शतक प्रहार गरेका छन् ।

पहिलो ओडिआई खेलमा १ सय ५ रनको शतकीय इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका स्मिथले दोस्रो खेलमा पनि सानदार शतक प्रहार गर्दै विशाल योगफलको बाटो देखाएका छन् । स्मिथले ६२ बलमा आफ्नो ओडिआई करिअरको ११ औं शतक पूरा गरे । यसअघि पनि पहिलो खेलमा ६२ बलमै शतक पूरा गरेका थिए ।

स्मिथ शतक बनाए लगत्तै अर्को ओभरमा आउट भए । उनले ६४ बलमा १४ चौका र २ छक्का सहित १ सय ४ रनको योगदान दिए । उनी हार्दिक पान्ड्याको बलमा शामीको हातबाट क्याच आउट भए । तेस्रो विकेटका लागि स्मिथ र लाबुसेनले १ सय ३६ रनको साझेदारी गरे । मार्नस लाबुसेन ३९ रनमा खेलिरहेका छन् ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली अष्ट्रेलियाले सुरुवाती ४१.२ ओभरमा ३ विकेट गुमाउँदै २ सय ९२ रन बनाएको छ । ओपनर आरोन फिन्च र डेभिड वार्नरले दोस्रो खेलमा पनि लगातार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । फिन्च र वार्नरले पहिलो विकेटका लागि २२.५ ओभरमा १ सय ४२ रनको उत्कृष्ट साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका हुन् ।

मोहम्मद सामीको बलमा एज लागेर फिन्च एक्स्ट्रा कभरमा कप्तान विराट कोहलीबाट क्याच आउट हुन पुगे । फिन्चले ६९ बलमा ६ चौका र १ छक्का सहित ६० रन जोडे । २६ औं ओभरको तेस्रो बलमा दुई रन लिने क्रममा डेभिड वार्नरलाई श्रेयस ऐरले डाइरेक्ट स्टम्पमा ताक्दै रन आउट गरेपछि शतक बनाउन चुके । डेभिड वार्नर ७७ बलमा ७ चौका र ३ छक्का सहित ८३ रनमा रन आउट भए ।

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.