default_image

4 years ago

November 29, 2020

फिलिप्सको शतकमा न्युजिल्यान्डलाई उपाधि

115 views

0 Bookmark

एजेन्सी – युवा ब्याट्सम्यान ग्लेन फिलिप्सको उत्कृष्ट शतकको सहयोगमा न्युजिल्यान्डले वेस्टइन्डिजलाई दोस्रो टि२० खेलमा ७२ रनले पराजित गर्दै सिरिज जितेको छ ।

यो जितसँगै घरेलु टोली न्युजिल्यान्डले वेस्टइन्डिजसँगको तीन टि२० आई खेलको सिरिज एक खेल अगावै जितेको छ । जितका लागि २ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । वेस्टइन्डिजका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

कप्तान काइरन पोलार्डले १५ बलमा ४ छक्का सहित सर्वाधिक २८ रनको योगदान दिए । शिम्रन हेटमायर २५, काइल मेयर्स र आन्द्रे फ्लेचर २०–२० रनमा आउट भए । फेबिएन एलेन १५, विकेटकिपर निकोलस पुरन ७ र रोभमान पोवेल ९ रनमा आउट भए । युवा अलराउन्डर किमो पल १८ बलमा ३ छक्का सहित २५ रनमा अविजित रहे ।

न्युजिल्यान्डका युवा तीव्र गतिका बलर काइल जामिसनले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । स्पिनर मिचेल सान्टनारको नाममा पनि २ विकेट रह्यो । लोकी फर्गुसन, टिम साउथी, ईस सोधी र जेम्स निसमले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । न्युजिल्यान्डलाई विशाल योगफलमा पुर्याउन युवा ब्याट्सम्यान ग्लेन फिलिप्सले ५१ बलमा १० चौका र ८ छक्का सहित १ सय ८ रनको उत्कृष्ट शतकीय इनिङ खेले । फिलिप्स अन्तिम ओभरको पाँचौ बलमा क्याच आउट हुन पुगेका थिए । फिलिप्सले ४६ बलमा आफ्नो पहिलो टि२० आई शतक पूरा गरेका थिए ।

यो सँगै फिलिप्स न्युजिल्यान्डबाट टि२० आईमा सर्वाधिक छिटो बलमा शतक प्रहार गर्ने कीर्तिमान पनि बनाएका छन् । समग्रमा न्युजिल्यान्डबाट टि२० आईमा शतक प्रहार गर्ने चौथो खेलाडी हुन् । यसअघि न्युजिल्यान्डबाट कोलिन मुनरो, मार्टिन गुप्टिल र ब्रेन्डन म्याकुलमले टि२० आईमा शतक प्रहार गरेका छन् । मुनरोले ३, गुप्टिल र म्याकुलमले २(२ टि२० आई शतक प्रहार गरेका छन् ।

डेवन कन्वे ३७ बलमा ४ चौका र ४ छक्का सहित ६५ रनमा अविजित रहे । कन्वेको यो दोस्रो टि२० आई खेल हो । तेस्रो विकेटका लागि फिलिप्स र कन्वेले ८५ बलमा १ सय ८४ सय रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याए ।

न्युजिल्यान्डलाई ओपनर मार्टिन गुप्टिल र विकेटकिपर टिम सिफर्टले पहिलो विकेटका लागि ५.४ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । सिफर्टलाई तीव्र गतिका बलर ओशेन थोमसले १८ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । सिफर्टले १३ बलमा ३ चौका प्रहार गरे ।

सातौं ओभरको दोस्रो बलमा स्पिनर फेबिएन एलेन विकेटकिपर निकोलस पुरनबाट गुप्टिललाई ३४ रनमा क्याच आउट गराए । गुप्टिलले २३ बलमा ५ चौका र २ छक्का प्रहार गरे । वेस्टइन्डिजका लागि फेबिएन एलेन, काइरन पोलार्ड र ओशेन थोमसले एक एक विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड ५ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टि२० आई खेल सोमबार हुने छ ।

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.