default_image

4 years ago

November 29, 2020

भारतविरुद्ध अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने

102 views

0 Bookmark

एजेन्सी – तीन ओडिआई खेलको सिरिज अन्तर्गत दोस्रो खेलमा भारतविरुद्ध अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने भएको छ ।

सिड्नी क्रिकेट मैदान अष्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भारतले टोलीमा कुनै परिवर्तन गरेको छैन । अष्ट्रेलियाले पहिलो खेलमा घाइते भएका अलराउन्डर मार्कस स्टोइनिसको स्थानमा मोइसेस हेनरिक्सलाई मौका दिएको छ ।

पहिलो खेलमा अष्ट्रेलिया ६६ रनले विजयी भएको थियो । आजको खेलमा विजयी भएमा अष्ट्रेलियाले सिरिज एक खेल अगावै जित्ने छ । भारतलाई आजको खेल जित्नै पर्ने दबाब छ ।

भारतको प्लेइङ ११ : शिखर धवन, मयंक अग्रवाल, विराट कोहली (कप्तान), श्रेयस ऐर, लोकेश राहुल (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, मोहम्मद शामी, युजभेन्द्र चहल, जस्प्रित बुमराह र नवदीप सैनी

अष्ट्रेलिया प्लेइङ ११ : आरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टिभ स्मिथ, मोइसेस हेनरिक्स, मार्नस लाबुसेन, ग्लेन म्याक्सवेल, एलेक्स केरी (विकेटकिपर), प्याट कमिन्स, मिचेल स्टार्क, एडम जाम्पा र जोश हेजलवुड

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.