default_image

4 years ago

November 28, 2020

भारतलाई पार्टटाइम बलरको चिन्ता

129 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया र भारतबीचको दोस्रो ओडिआई खेल आइतबार हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ९ः२५ पछि सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ ।

पहिलो खेलमा ६६ रनले विजयी भएको अष्ट्रेलिया दोस्रो खेलमा विजयी हुँदै सिरिज एक खेल अगावै जित्ने सोचमा मैदान प्रवेश गर्ने छ । भारत पहिलो खेलको हारबाट पाठ सिक्दै दोस्रो खेलमा जितको साथ सिरिजमा आफ्नो सम्भावना कायमै राख्न चाहन्छ । दोस्रो खेलमा भारतलाई जित्नै पर्ने दबाब हुँदा अष्ट्रेलिया सिरिज जित्ने अवसर छ ।

दोस्रो खेलमा भारतलाई सबैभन्दा बढी चिन्ता पार्टटाइम बलरको हुने छ । भारत पहिलो खेलमा पाँच बलरका साथ मैदान उत्रेको थियो । जसमा तीन बलरले ७० भन्दा बढी रन खर्चेका थिए । प्रमुख बलर जस्प्रित बुमराहले ७३, नवदीप सैनीले ८३ र स्पिनर युजभेन्द्र चहलले ८९ रन खर्चेका थिए । शामीले ५९ रन र रविन्द्र जडेजाले ६३ रन खर्चेका थिए ।

भारतसँग आफ्ना प्रमुख पाँच बलर मध्य एकले खराब प्रर्दशन गर्दा छैटौं बलर अर्थात पार्टटाइम बलरको विकल्प देखिदैन । पहिलो खेलमा खराब प्रर्दशन गरेका स्पिनर चहलको स्थानमा कुलदीप यादवलाई मौका दिनसक्छ । सैनीको स्थानमा युवा तीव्र गतिका बलर टि नटराजनलाई डेब्यू गराउन सक्छ । नटराजन योर्करका लागि परिचित छन् । शार्दुल ठाकुर विकल्प देखिन्छन् ।

हार्दिक बलिङका लागि अझै पूर्ण रुपमा तयार भएका छैनन् । आइपिएलमा पनि ब्याटिङ मात्रै गरेका थिए । अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय ओडिआई टोलीमा हार्दिक र रविन्द्र जडेजा बाहेक अन्य ब्याकअप अलराउन्डर छैनन् । भारतले छैटौं बलरको विकल्प खोज्न एक ब्याट्सम्यान बेन्चमा राख्नुपर्ने हुन्छ । तर त्यो सम्भावना देखिदैन ।

पहिलो खेलमा हार्दिकले ९० रनको सर्वाधिक इनिङ खेलेका थिए । धवनले ७४ रन जोडेका थिए । शीर्षक्रमका ब्याट्सम्यान मयंक अग्रवाल, कप्तान विराट कोहली र श्रेयस ऐरलाई उच्च प्रर्दशन गर्नु पर्ने हुन्छ । सिड्नीमा कोहलीको रेकर्ड भने राम्रो छैन । सिड्नीमा ६ इनिङमा उनको औसत ११.४० को रहँदा उच्च प्रर्दशन २१ छ । कोहलीको उच्च प्रर्दशन विनाजित हात पार्न कठिन पर्ने छ । हार्दिक अष्ट्रेलियालाई टाउको दुखाईका ब्याट्सम्यान बन्न सक्छन् । शामीलाई जस्प्रित बुमराहले राम्रो साथ दिन आवश्यक देखिन्छ ।

यता अष्ट्रेलिया मनोबल उच्च छ । पहिलो खेलमा उत्कृष्ट प्रर्दशन गरेका कप्तान आरोन फिन्च र डेभिड वार्नरलाई दोस्रो खेलमा निरन्तरता दिन आवश्यक देखिन्छ । फिन्चले १ सय १४ र वार्नरले ६९ रनको योगदान दिएका थिए । पहिलो विकेटका लागि १ सय ५६ रनको साझेदारी गरेका थिए । ६६ बलमा १ सय ५ रनको शतकीय इनिङ खेलेका स्टिभ स्मिथ भारतलाई दोस्रो खेलमा पनि घातक बन्न सक्छन् ।

फिन्च, वार्नर र स्मिथ ब्याटिङका प्रमुख हतियार हुँदा यी तीन ब्याट्सम्यानको प्रर्दशनले अष्ट्रेलिया जित वा हार निर्धारण हुन सक्छ । पहिलो खेलमा बलिङ गर्ने क्रममा खुट्टामा चोट लागेका अलराउन्डर मार्कस स्टोइनिस दोस्रो खेल खेल्ने सम्भावना कम छ । उनको अनुपस्थितमा युवा अलराउन्डर क्यामरन ग्रिनलाई डेब्यू गराउन सक्छ । घरेलु प्रतियोगितामा उच्च प्रर्दशन गर्दै आएका ग्रिन भारतलाई डेब्यूमै घातक बन्न सक्छन् ।

अष्ट्रेलिया समर्थक र शुभचिन्तक पनि ग्रिनको डेब्यूको प्रतीक्षामा छन् । ग्लेन म्याक्सवेलले पहिलो खेलमा ४५ रनको आक्रामक इनिङ खेलेका थिए । म्याक्सवेलबाट अष्ट्रेलिया त्यस्तै प्रर्दशन चाहन्छ । पहिलो खेलमा ४ विकेट लिएका स्पिनर एडम जाम्पा र तीन विकेट लिएका तीव्र गतिका बलर जोश हेजलवुड पुनः नायक बन्न सक्छन् । मिचेल स्टार्क र प्याट कमिन्सलाई भने उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ ।

सिड्नी ब्याटिङ उपयोगी मैदान मानिन्छ । टसले नतिजामा धेरै प्रभाव पार्ने छ । टस जित्ने टोलीको रोजाई ब्याटिङ हुने छ । सिड्नीमा पछिल्ला ८ खेल मध्य ७ खेलमा पहिला ब्याटिङ गर्ने टोली विजयी भएका छन् । सिड्नीमा अष्ट्रेलियाले भारतविरुद्ध खेलेका १५ मध्य १३ खेलमा जित निकालेको छ ।

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.