4 years ago
November 28, 2020
एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान जोनी बेयरस्टोको उत्कृष्ट प्रर्दशनमा इंग्ल्यान्डले पहिलो टि२० खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको छ । यो सँगै तीन टि२० आई खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ ।
जितका लागि १ सय ८० रनको विजयी लक्ष्य इंग्ल्यान्डले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डको जितमा मध्यक्रमका ब्याट्सम्यान जोनी बेयरस्टो ४८ बलमा ९ चौका र ४ छक्का सहित ८६ रनमा अविजित रहे । बेयरस्टोनै खेलको ‘प्लेयर अफ द म्याच’ चुनिए ।
ओपनर जेसन रोय शून्यमा आउट हुँदा विकेटकिपर जस बटलर ७ रनमा पेभिलिएन फकेका थिए । दुवै ओपनर सस्तैमा आउट हुँदा डेविड मलान १९ रनमा आउट भएपछि इंग्ल्यान्ड केहि दबाबमा परेको थियो । तर बेयरस्टोले उत्कृष्ट प्रर्दशन गर्दै जित पक्का गरे । बेन स्टोक्सले २७ बलमा ३ छक्का र १ चौका सहित ३७, कप्तान ओईन मोर्गन १२ र साम करनले ७ रनको योगदान दिए ।
दक्षिण अफ्रिका डेब्यू खेल खेलेका स्पिनर जर्ज लिन्डेले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । लुन्गी एनगिडीले ३.२ ओभरमा ३१ रन खर्चेर २ र तबरेज शाम्सीले १ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा ३२ रन खर्चिदा विकेट लिन सकेनन् ।
त्यसअघि घरेलु मैदान केप टाउनमा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । दक्षिण अफ्रिका फाफ डु प्लेसिसले ४० बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५८ रनको योगदान दिए ।
ओपनर तथा कप्तान क्विन्टन डी ककले २३ बलमा २ चौका र १ छक्का सहित ३०, टेम्बा बभुमा ५, रासी भान डर डुसेन ३७, हेनरिक क्लासेन २०, लेन्डेले १२ रन जोडेका थिए ।
इंग्ल्यान्डका युवा अलराउन्डर साम करनले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । जोफ्रा आर्चर, टम करन र क्रिस जोर्डनले १–१ विकेट हात पारे । दोस्रो टि२० खेल बोलान्ड पार्कमा आइतबार हुने छ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]