default_image

4 years ago

November 27, 2020

क्रिकेटर रोहितको पिसिआर रिपोर्ट नेगेटिभ

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबार पिसिआर परिक्षण गराउँदा रोहित सहित कप्तान ज्ञानेन्द्र मल्ल र उप कप्तान दीपेन्द्र सिंह ऐरीको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । जसमा खेलाडीमा कुनै लक्षण नदेखिएपछि पुन: परिक्षण गरिएको थियो । जसमा अन्य खेलाडीको रिपोर्ट भने आइ सकेको बताइएको छ । रोहितले आफ्नो दोस्रो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोली बिहिबार देखि बन्द प्रशिक्षण गर्नुअघि १६ खेलाडीले पिसिआर परिक्षण गरेका थिए । जसमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको थियो । त्यस्तै वसन्त रेग्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । वसन्त भने गृहनगर भैरहवामा छन् ।

तीन खेलाडीसँगै उनको सम्पर्कमा आएका ६ खेलाडीलाई होटलमा राख्दा पहिलो दिन बिहिबार ९ खेलाडी मात्रै प्रशिक्षण सहभागी थिए । २५ दिनको प्रशिक्षणपछि एक हप्ता बिदा हुनेछ । उक्त समयमा प्रधानमन्त्री एकदिवसिय कप हुने सम्भावना छ ।

बन्द प्रशिक्षणको समयमा ए, बी र सी टोली बनाएर अभ्यास खेल खेलाउने तयारी गरिरहेको छ । जसमा भारतमा रहेका नेपाली मुलका खेलाडी आउन सक्ने सम्भावना छ । मार्चमा ओमानमा आइसिसी एक दिवसिय विश्वकप त्रिकोणात्मक सिरिज नभएको खण्डमा नेपालले विदेशमा बलियो टोलीसँग अभ्यास गर्ने क्यानले जनाएको छ ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.