4 years ago
November 27, 2020
एजेन्सी – न्युजिल्यान्डले वेस्टइन्डिजसँगको पहिलो टि२० खेलमा सानदार जित निकालेको छ । शुक्रबार दिउँसो सम्पन्न खेलमा न्युजिल्यान्डले वेस्टइन्डिजलाई डकवर्थ लेविस पद्दतिको आधारमा ५ विकेटले पराजित गर्दै तीन टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।
डकवर्थ लेविस पद्धतीको आधारमा जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । न्युजिल्यान्डको जितमा अलराउन्डर जेम्स निसम २४ बलमा ५ चौका र ३ छक्का सहित ४८ रनमा अविजित रहे । मिचेल सान्टनर १८ बलमा ३ छक्का सहित ३१ रनमा अविजित रहे ।
तीव्र गतिका बलर शेल्डन कटरेलले पहिलो ओभरको चौथो बलमा ओपनर मार्टिन गुप्टिललाई ५ रनमा निकोलस पुरनबाट क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । ओशेन थोमसको चौथो ओभरको पाँचौ बलमा ओपनर तथा विकेटकिपर टिम सिफर्ट ठूलो सट खेल्ने क्रममा रोभमान पावेलबाट १७ रनमा क्याच आउट भए । ग्लेन फिलिप्स ७ बलमा ३ छक्का र १ चौका सहित २२ रनमा थोमसको बलमा बोल्ड आउट भए ।
अनुभवी ब्याट्सम्यान रस टेलर शून्यमा रन आउट हुँदा न्युजिल्यान्ड ६.३ ओभरमा ६३–४ को अवस्थामा पुगेको थियो । पाँचौ विकेट लागि निसम र डेब्यूम्यान डेभन कन्वेले ७७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । कन्वेलाई पोलार्डले १३ औं ओभरको दोस्रो बलमा थोमसबाट ४१ रनमा क्याच आउट गराए । कन्वेले २९ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
वेस्टइन्डिजका ओशेन थोमसले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । शेल्डन कटरेल र काइरन पोलार्डको नाममा एक एक विकेट रह्यो ।
त्यसअघि इडेन पार्क अकल्यान्डमा वर्षाको कारण प्रभावित हुँदा निर्धारित १६ ओभरमा वेस्टइन्डिजले ७ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । खराब अवस्थामा पुगेको वेस्टइन्डिजलाई कप्तान काइरन पोलार्डले ३७ बलमा ४ चौका र ८ छक्का सहित ७५ रनमा अविजित इनिङ खेलेपनि जित दिलाउन सकेनन् ।
ओपनर आन्द्रे फ्लेचर र ब्रेन्डन किंगले ३.२ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । वेस्टइन्डिजले एक रन जोड्न प्रमुख पाँच विकेट गुमाउँदा उत्कृष्ट सुरुवात गरेपनि ५.१ ओभरमा ५९–५ को कमजोर अवस्थामा पुगेको थियो ।
लोकी फर्गुसनले चौथो ओभरको दोस्रो बलमा फ्लेचरलाई ३४ रनमा बोल्ड आउट गरेपछि न्युजिल्यान्ड खेलमा फर्किएको थियो । अन्तिम बलमा फर्गुसनले शिम्रन हेटमायरलाई विकेटकिपर टिम सिफर्टबाट शून्यमा क्याच आउट गराए । पाँचौ ओभरको दोस्रो बलमा कप्तान टिम साउथीले ब्रेन्डन किंगलाई १३ रनमा जेम्स निसमबाट क्याच गराउँदा वेस्टइन्डिज ५८–३ को अवस्थामा पुगेको थियो ।
पाँचौ बलमा रोभमन पावेल पनि शून्यमा क्याच आउट भए । छैटौं ओभरको पहिलो बलमा फर्गुसनले विकेटकिपर तथा आक्रामक युवा ब्याट्सम्यान निकोलस पुरनलाई एक रनमा एलबिडब्लू आउट गरेपछि वेस्टइन्डिज ५९–५ को कमजोर अवस्थामा पुगेको थियो । छैटौं विकेटका लागि पोलार्ड र एलेनले ८४ रनको उत्कृष्ट साझेदारी गर्दै इनिङ उकासेका थिए ।
फर्गुसनले १४ औं ओभरको तेस्रो बलमा एलेनलाई सिफर्टबाट ३० क्याच आउट गराए । एलेनले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । फर्गुसनले किमो पललाई शून्यमा क्याच गराउँदै आफ्नो पाँच विकेट पूरा गरेका थिए ।
न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । जुन फर्गुसनको टि२० करिअरको उच्च प्रर्दशन हो । टि२० मा पहिलो पटक पाँच विकेट लिएका हुन् । कप्तान टिम साउथीले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । दोस्रो टि२० खेल आइतबार हुने छ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]