4 years ago
November 27, 2020
एजेन्सी – कप्तान काइरन पोलार्डको विश्फोटक ब्याटिङमा वेस्टइन्डिजले पहिलो टि२० खेलमा घरेलु टोली न्युजिल्यान्डलाई १ सय ८१ रनको विशाल लक्ष्य दिएको छ ।
वर्षाको कारण प्रभावित हुँदा १६ ओभरमा छोटाइएको खेलमा वेस्टइन्डिजले ७ विकेट गुमाउँदै १ सय ८० रन बनायो । खराब अवस्थामा पुगेको वेस्टइन्डिजलाई विशाल योगफलमा पुर्याउन कप्तान काइरन पोलार्डले ३७ बलमा ४ चौका र ८ छक्का सहित ७५ रनमा अविजित रहँदै बलियो योगफलमा पुर्याए ।
ओपनर आन्द्रे फ्लेचर र ब्रेन्डन किंगले ३.२ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । वेस्टइन्डिजले एक रन जोड्न प्रमुख पाँच विकेट गुमाउँदा उत्कृष्ट सुरुवात गरेपनि ५.१ ओभरमा ५९–५ को कमजोर अवस्थामा पुगेको थियो ।
लोकी फर्गुसनले चौथो ओभरको दोस्रो बलमा फ्लेचरलाई ३४ रनमा बोल्ड आउट गरेपछि न्युजिल्यान्ड खेलमा फर्किएको थियो । अन्तिम बलमा फर्गुसनले शिम्रन हेटमायरलाई विकेटकिपर टिम सिफर्टबाट शून्यमा क्याच आउट गराए । पाँचौ ओभरको दोस्रो बलमा कप्तान टिम साउथीले ब्रेन्डन किंगलाई १३ रनमा जेम्स निसमबाट क्याच गराउँदा वेस्टइन्डिज ५८–३ को अवस्थामा पुगेको थियो ।
पाँचौ बलमा रोभमन पावेल पनि शून्यमा क्याच आउट भए । छैटौं ओभरको पहिलो बलमा फर्गुसनले विकेटकिपर तथा आक्रामक युवा ब्याट्सम्यान निकोलस पुरनलाई एक रनमा एलबिडब्लू आउट गरेपछि वेस्टइन्डिज ५९– ५ को कमजोर अवस्थामा पुगेको थियो । छैटौं विकेटका लागि पोलार्ड र एलेनले ८४ रनको उत्कृष्ट साझेदारी गर्दै इनिङ उकासेका थिए ।
फर्गुसनले १४ औं ओभरको तेस्रो बलमा एलेनलाई सिफर्टबाट ३० क्याच आउट गराए । एलेनले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । फर्गुसनले किमो पललाई शून्यमा क्याच गराउँदै आफ्नो पाँच विकेट पूरा गरेका थिए । न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । जुन फर्गुसनको टि२० करिअरको उच्च प्रर्दशन हो । कप्तान टिम साउथीले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]