4 years ago
November 27, 2020
एजेन्सी – ओपनर तथा कप्तान आरोन फिन्च र स्टिभ स्मिथको सानदार शतकसँगै अष्ट्रेलियाले भारतलाई पहिलो ओडिआई खेलमा ३ सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।
सिड्नी क्रिकेट मैदान सिड्नीमा टस जितेर पहिला ब्याटिङ रोजेका घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ७४ रन बनायो । अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन कप्तान आरोन फिन्च र स्टिभ स्मिथले सानदार शतक प्रहार गर्दा डेभिड वार्नर र ग्लेन म्याक्सवेलले पनि राम्रो ब्याटिङ गरे ।
अष्ट्रेलियालाई विशाल लक्ष्यमा पुर्याउन स्मिथले आक्रामक ब्याटिङ गर्दै स्मिथले ६६ बलमा ११ चौका र ४ छक्का सहित १ सय ५ रनको उत्कृष्ट शतकीय इनिङ खेले । स्मिथले मात्र ६२ बलमा शतक प्रहार गरेका थिए । स्मिथ अष्ट्रेलियाबाट ओडिआईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । स्मिथको यो ओडिआईको १० औं शतक हो । स्मिथलाई अन्तिम ओभरको तेस्रो बलमा मोहम्मद शामीले बोल्ड आउट गरे ।
अष्ट्रेलिया ओपनर आरोन फिन्चले १ सय २४ बलमा ९ चौका र २ छक्का सहित सर्वाधिक १ सय १४ रनको शतकीय योगदान दिए । फिन्चको ओडिआई करिअरको यो १७ औं शतक हो । उनले १ सय १७ बलमा शतक पूरा गरेका थिए । फिन्च जस्प्रित बुमराहको ४० औं ओभरको अन्तिम बलमा लोकेश राहुलबाट क्याच आउट हुन पुगेका थिए । तल्लोक्रममा ग्लेन म्याक्सवेलले १९ बलमा ५ चौका र ३ छक्का सहित ४५ रनको आक्रामक इनिङ खेलेका थिए ।
अष्ट्रेलियालाई दुई ओपनर फिन्च र वार्नरले पहिलो विकेटका लागि २७.५ ओभरमा १ सय ५६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई ओपनरबीचको साझेदारी २८ औं ओभरको पाँचौ बलमा तीव्र गतिका बलर मोहम्मद शामीले वार्नरलाई क्याच गराउँदै तोडेका थिए । सामीको बलमा आउट साइड एज लागेपछि वार्नर ६९ रनमा विकेटकिपर लोकेश राहुलबाट क्याच आउट हुन पुगे । कप्तान विराट कोहलीले रिभ्यु लिदै वार्नरलाई पेभिलिएन फर्काए । वार्नरले ७६ बलमा ६ चौका प्रहार गरे ।
स्पिनर रविन्द्र जडेजाको बलमा एम्पायरले स्मिथलाई ब्यक्तिगत १५ रनमा एलबिडब्लू आउट दिएका थिए । तर स्मिथले रिभ्यु लिदै एम्पायरको निर्णय गलत सावित गर्दै शतक पूरा गरे । दोस्रो विकेटका लागि फिन्च र स्मिथले १ सय ८ रनको साझेदारी गर्दै सुरुवाती ओपनरको सुरुवातलाई निरन्तरता दिएका थिए । आजको खेलमा मार्कस स्टोइनिस भने असफल भए । ४१ औं ओभरको चौथो बलमा स्टोइनिसलाई चहलले राहुलबाट शून्यमा आउट गराएका थिए ।
चौथो विकेटका लागि स्मिथ र म्याक्सवेलले २५ बलमा ५७ रनको आक्रामक साझेदारी गरेका थिए । ४५ औं ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा म्याक्सवेल रविन्द्र जडेजाबाट क्याच आउट हुन पुगे । मार्नस लाबुसेन २ रनमा क्याच आउट भए । एलेक्स केरी १७ र प्याट कमिन्स १ रनमा अविजित रहे ।
भारतीय स्पिनर युजभेन्द्र चहलले महँगो सावित हँुदै १० ओभरमा ८९ रन खर्चेर १ विकेट लिए । जुन भारतीय स्पिनरले ओडिआईमा खर्चेको सर्वाधिक रनमा पर्दछ । मोहम्मद शामीले १० ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले १० ओभरमा ७३ रन खर्चेर १ विकेट लिए । नवदीप सैनीले १० ओभरमा ८२ रन खर्चेर १ विकेट लिए ।
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]