default_image

4 years ago

November 27, 2020

भारतविरुद्ध कप्तान फिन्चको सानदार शतक

101 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया कप्तान तथा ओपनर आरोन फिन्चले भारतसँगको पहिलो एक दिवसिय खेल (ओडिआई) मा उत्कृष्ट शतक प्रहार गरेका छन् ।

फिन्चले १ सय १७ बलमा आफ्नो ओडिआई करिअरको औं १७ औं शतक पूरा गरे । घरेलु मैदान सिड्नीमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले ४० ओभरमा २ विकेट गुमाउँदै २ सय ६४ रन बनाएको छ ।

शतक बनाएको अर्को ओभरमा नै फिन्च १ सय २४ बलमा ९ चौका र २ छक्का सहित १ सय १४ रन जोड्दै आउट भए । उनी बुमराहको बलमा विकेटकिपर राहुलको हातबाट समातिए । स्टिभ स्मिथले ४२ बलमा ९ चौका र १ छक्का सहित आक्रामक ६३ रन जोड्दै भारतीय खेलाडीलाई दबाबमा राखेका छन् ।

अष्ट्रेलिया विशाल योगफलको बाटोमा छ । भारत खेलमा पूरै दबाबमा छ । अष्ट्रेलिया ब्याट्सम्यान सामु भारतका बलर कमजोर देखिएका छन् । अष्ट्रेलियालाई ओपनर तथा कप्तान आरोन फिन्च र डेभिड वार्नरले पहिलो विकेटका लागि २७.५ ओभरमा १ सय ५६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

दुई ओपनरबीचको साझेदारी २८ औं ओभरको पाँचौ बलमा तीव्र गतिका बलर मोहम्मद शामीले तोडेका थिए । सामीको बलमा आउट साइड एज लागेपछि वार्नर ६९ रनमा विकेटकिपर लोकेश राहुलबाट क्याच आउट हुन पुगे । कप्तान विराट कोहलीले रिभ्यु लिँदै वार्नरलाई पेभिलिएन फर्काए । थर्ड एम्पायरलाई वार्नरको आउट निर्णय दिन केहि समय लागेको थियो । वार्नरले ७६ बलमा ६ चौका प्रहार गरे ।

स्पिनर रविन्द्र जडेजाको बलमा स्मिथलाई ब्यक्तिगत १५ रनमा एलबिडब्लू आउट दिएका थिए । तर स्मिथले रिभ्यु लिदै एम्पायरको निर्णय गलत सावित गरे । दोस्रो विकेटका लागि फिन्च र स्मिथले १ सय ८ रनको साझेदारी गरे । सुरुवाती उत्कृष्टको साझेदारीको फाइदा स्मिथले उठाएका छन् ।

यो पनि : वेस्टइन्डिजविरुद्ध न्युजिल्यान्डले पहिला बलिङ गर्ने

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.