default_image

4 years ago

November 26, 2020

अष्ट्रेलियाविरुद्ध भारत : दुई महाशक्तिको भिडन्त

134 views

0 Bookmark

एजेन्सी – भारत र अष्ट्रेलियाबीचको तीन ओडिआई खेलको सिरिज अन्तर्गत पहिलो खेल शुक्रबार हुँदै छ । खेल नेपाली समय अनुसार बिहान ९:२५ पछि सिड्नी क्रिकेट मैदान सिड्नीमा सुरु हुनेछ ।

अष्ट्रेलिया घरेलु मैदानमा उत्कृष्ट सुरुवात गर्न चाहन्छ । पाहुना टोली भारतलाई दोस्रो पटक अष्ट्रेलिया सिरिज जित्न उत्कृष्ट सुरुवातको आवश्यक पर्दछ । तर भारतलाई अष्ट्रेलियाको भूमिमा सिरिज जित्न सहज छैन । ओडिआईको सिरिजको प्रर्दशनको मनोबलले टि२० सिरिजमा प्रभाव पार्ने अनुमान गरिएको छ ।

भारत विराट कोहली र अष्ट्रेलिया आरोन फिन्चको कप्तानीमा मैदान उत्रने छन् । क्रिकेटका दुई महाशक्ति भारत र अष्ट्रेलियाबीचको प्रतिस्पर्धा उच्च हुने अनुमान गरिएको छ । विश्व स्तरिय खेलाडीसँगै यी दुई देशबीचको परम्परा साखको लडाईं निकै रोचक हुने विश्व क्रिकेटले अपेक्षा गरेको छ ।

भारतका प्रमुख हतियार विराट कोहली, जस्प्रित बुमराह र लोकेश राहुल( केएल) हुन् । अष्ट्रेलिया डेभिड वार्नर, स्टिभ स्मिथ र मिचेल स्टार्क हुन् । भारतका विकेटकिपर ब्याट्सम्यान लोकेश राहुल र तीव्र गतिका बलर जस्प्रित बुमराह उत्कृष्ट लयमा छन् । अष्ट्रेलिया अलराउन्डर मार्कस स्टोइनिसको उत्कृष्ट लय भारतलाई टाउको दुखाईको विषय बन्न सक्छ ।

भारतका प्रमुख ब्याट्सम्यान तथा ओपनर रोहित शर्मा अष्ट्रेलिया भ्रमणमा छैनन् । रोहित नहुँदा भारत केहि कमजोर बनेको छ । शिखर धवनलाई ओपनिङमा मयंक अग्रवालले साथ दिने छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा उच्च प्रर्दशन गरेका यी दुई ओपनरको लयको आशा भारत अष्ट्रेलियाबीरुद्ध चाहन्छ ।

भारतका प्रमुख हतियार तथा कप्तान विराट कोहलीले तेस्रो नम्बरमा ब्याटिङ गर्ने छन् । कोहलीको उच्च प्रर्दशन विना भारतलाई जित निकाल्न कठिन पर्ने छ । तर सिड्नीमा कोहलीको इतिहास राम्रो छैन । सिड्नीमा पाँच इनिङमा उनको औसत ९ को रहँदा उच्च प्रर्दशन २१ छ । चौथो नम्बरमा श्रेयस ऐर र पाँचौ नम्बरमा विकेटकिपर लोकेश राहुललाई मैदान उतार्ने छ ।

राहुलको लय अष्ट्रेलियालाई घातक बन्न सक्छ । राहुल यसै महिना सकिएको आइपिएलका सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । छैटौं नम्बरमा अलराउन्डर हार्दिक पान्ड्या रहँदा भारतको ब्याटिङ लाइन मजबुत छ । भारतले तीन तीव्र गतिका बलरमा जस्प्रित बुमराह, मोहम्मद शामी र नवदीप सैनीलाई मैदान उतार्ने सम्भावना छ । बलिङमा सामी र बुमराह प्रमुख हतियार हुन् । स्पिनरमा कुलदीप यादव र युजभेन्द्र चहलको सम्भावना छ । चहलको लय अष्ट्रेलियाका ब्याट्सम्यानलाई टाउको दुखाई बन्न सक्छ ।

यता अष्ट्रेलियाको टोली बलियो छ । अष्ट्रेलियाले घरेलु मैदानमा सिरिज विरलै मात्र गुमाउने गर्दछ । घरेलु मैदानमा अष्ट्रेलियाले लगातार राज गर्दै आएको छ । उक्त राजको साखलाई निरन्तरता दिन प्रमुख चुनौती हुने छ । ओपनरमा आरोन फिन्च र डेभिड वार्नर विश्वका चर्चित ब्याट्सम्यान छन् । तेस्रो नम्बरमा स्टिभ स्मिथ, चौथो नम्बरमा मार्नस लाबुसेन र पाँचौ नम्बरमा मार्कस स्टोइनिसले गर्ने छन् ।

लाबुसेन र स्टोइनिसको लय पछिल्लो समय उत्कृष्ट छ । जुन लय भारतविरुद्ध निरन्तरताको आवश्यक देखिन्छ । अष्ट्रेलियाले विकेटकिपरको रुपमा एलेक्स केरीलाई खेलाउने छ । आइपिएलमा कमजोर प्रर्दशन गरेका ग्लेन म्याक्सवेललाई आफ्नो स्वभाविक खेल आवश्यक देखिन्छ । तीव्र गति बलिङमा मिचेल स्टार्क, प्याट कमिन्स र जोश हेजलवुडको आक्रामक युनिट भारतलाई निराश बनाउन खोज्ने छन् । स्पिनरमा एडम जाम्पा छन् ।

सिड्नी ब्याटिङ उपयोगी मैदान मानिन्छ । पछिल्ला ७ खेल मध्य ६ खेलमा पहिला ब्याटिङ गर्ने टोली विजयी भएका छन् । सिड्नीमा अष्ट्रेलियाले भारतविरुद्ध खेलेका १४ खेल मध्य १२ खेलमा जित निकालेको छ । भारतले अष्ट्रेलियाविरुद्ध खेलेका पछिल्ला ४ खेल मध्य तीनमा विजयी भएको छ । ओडिआई वरियतामा भारत दोस्रो र अष्ट्रेलिया चौथो स्थानमा छन् । भारतले आइसिसी विश्वकप लिग अन्तगर्त पहिलो खेल खेल्ने छ । भारत सुपर लिगमा उत्कृष्ट सुरुवात चाहन्छ ।

पछिल्लो पटक अष्ट्रेलियाले सन् २०१८ मा घरेलु मैदानमा भारतसँग तीन ओडिआई खेलको सिरिज २–१ ले गुमाएको थियो । जुन भारतले अष्ट्रेलियामा जितेको पहिलो ओडिआई सिरिज थियो । उक्त क्रममा स्टिभ स्मिथ, डेभिड वार्नर, मिचेल स्टार्क, मार्नस लाबुसेन जस्ता प्रमुख खेलाडी भने टोलीमा थिएनन् ।

सन् २०१९ मा भने अष्ट्रेलियाले भारतमै पाँच ओडिआई सिरिज स्मिथ र वार्नर विनानै ३–२ ले जितेको थियो । सुरुवाती दुई खेल गुमाएको अष्ट्रेलियाले उत्कृष्ट पूनरागमन सहित लगातार तीन ओडिआई सिरिज जित्दै बदला लिएको थियो । हालसम्म अष्ट्रेलिया र भारतबीच १ सय ४० ओडिआई भएको छ । अष्ट्रेलिया ७८ खेलमा विजयी हुँदा ५२ खेलमा पराजित भएको छ । १० खेलको भने नतिजा बिहिन छ ।

यस ओडिआई सिरिजलाई दुबै टोलीले दुई वर्षपछि हुने एकदिवसिय विश्वकपको तयारी सुरुको रुपमा लिने छन् । भारत र अष्ट्रेलियाबीच तीन टि२० र चार टेष्ट पनि हुने छ ।

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

हिमाल खरेल,मेचीनगर पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । थन्डर्सका […]

March 17, 2025

विश्वकप छनोटका लागि टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – यु १९ पुरुष विश्वकपको एसिया छनोटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको छ । यही चैत ३० बाट बैशाख ८(१२ अप्रिल देखि २१ अप्रिल) सम्म काठमाडौंमा आयोजना हुने एसिया छनोटका लागि टोली घोषणा भएको हो । क्यानका अनुसार अन्तिम […]

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

Success

Thank you for your time.