4 years ago
November 25, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले युवा ओपनर रित गौतम सहित पाँच खेलाडीलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ ।
यसअघि गत शुक्रबार प्रशिक्षणमा बोलाईएका २२ खेलाडी मध्य १६ जनाको पिसिआर परिक्षण गर्दा तीन जानमा कोरोना पोजेटिभ देखिएपछि क्यानले पाँच खेलाडी बोलाउने निर्णय लिएको छ । क्यानले रितसँगै अर्का युवा विकेटकिपर तथा ओपनर अनिलकुमार शाह, आक्रामक ब्याट्सम्यान कुशल भुर्तेल, युवा ब्याट्सम्यान लोकेश बम र तीव्र गतिका बलर बिक्रम शोबलाई बन्द प्रशिक्षणमा थप्ने निर्णय लिएको छ । यी खेलाडी यस अघि बोलाइएको बन्द प्रशिक्षणमा अटाएका थिएनन् ।
मंगलबार क्यानले टीयू मैदानमा १६ खेलाडी, प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक ब्यवस्थापक बिक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पिसिआर परिक्षण गरेको थियो । जसमा कप्तान ज्ञानेन्द्र मल्लसँगै उप कप्तान दीपेन्द्र सिंह ऐरी, युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र चालक प्रदीप लामामा कोरोना संक्रमण पुष्टि भएको क्यानले जनाएको छ ।
क्यानले यी चारै जना आइसोलेसनमा बस्ने र ठिक भएपछि प्रशिक्षणमा फर्किने जनाएको छ । यी चार जनामा कोरोना संक्रमण देखिएसँगै थप पाँच जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको क्यानले जनाएको छ । बन्द प्रशिक्षण भने बिहिबारदेखिनै सुरु हुने क्यानले जनाएको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]