4 years ago
November 25, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसँगै उप कप्तान दीपेन्द्र सिंह ऐरी, युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र चालक प्रदीप लामा गरि कुल चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले टोलीका चार सदस्यमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । तीन खेलाडी र चालक प्रदीप लामा गरि कुल चार जनालाई कोरोना संक्रमण पुष्टि भएको क्यानले जनाएको छ ।
मंगलबार क्यानले टीयू मैदानमा १६ खेलाडी, प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक ब्यवस्थापक बिक्रम न्यौपाने तथा १३ जना मैदानका स्टाफको पिसिआर परिक्षण गरेको थियो ।
जसमा चार जनाको रिपोर्ट पोजेटिभ आएको हो । क्यानले यी चारै जना आइसोलेसनमा बस्ने र ठिक भएपछि प्रशिक्षणमा फर्किने जनाएको छ । क्यानले यी चार जनामा कोरोना संक्रमण देखिएसँगै थप पाँच जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको क्यानले जनाएको छ । बन्द प्रशिक्षण भने बिहिबारदेखिनै सुरु हुने क्यानले जनाएको छ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा पुलिसले मधेशलाई २ सय ८९ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४९.५ ओभरमा २ सय ८८ रनको योगफलमा समेटियो […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले आर्मीलाई २ सय ३१ रनको लक्ष्य दिएका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको कोशी ४९.३ ओभरमा २ सय ३० रनको योगफलमा समेटियो । कोशीका […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]