default_image

4 years ago

November 25, 2020

आइसीसीको नयाँ अध्यक्षमा बार्कले

108 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को नयाँ अध्यक्ष पदमा न्युजिल्यान्डका ग्रेग बार्कले निर्वाचित भएका छन् ।

बार्कले दोस्रो चरणको मतदानपछि इमरान खवाजालाई पराजित गर्दै आइसिसीको अध्यक्षमा निर्वाचित भएका हुन् । आइसीसीको अध्यक्ष पदमा निर्वाचित हुन कुल १६ भोट मध्य ११ भोटको आवश्यक पर्दछ । पहिलो चरणमा गत हप्ता बार्कले १० र इमरान खवाजाले ६ भोट प्राप्त गरेका थिए । पहिलो चरणमा दुई तिहाई नआएपछि दोस्रो चरणको मतादान गर्नु परेको थियो । दोस्रो चरणमा क्रिकेट साउथ अफ्रिकाले बार्कलेलाई महत्वपूर्ण भोट दिएपछि अध्यक्षमा निर्वाचित भएका हुन् ।

आइसीसीका पूर्व अध्यक्ष शंशाक मनोहरको कार्यकाल गत जुलाईमा सकिएको थियो । मनोहरको अध्यक्ष कार्यकाल गत जुलाईमा सकिएपछि आइसिसीले इमरान खवाजालाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको थियो ।

बार्कलेले सन् २०१२ देखि न्युजिल्यान्ड क्रिकेटको निर्देशकको रुपमा काम गरेका थिए । पेशाले वकिल समेत रहेका उनले अब सबै पद छोडेर आइसीसीको अध्यक्ष जिम्मेवारी सम्हाल्ने छन् । बार्कले सन् २०१५ को आइसिसी एकदिवसिय विश्वकप प्रतियोगितामा निर्देशकको रुपमा काम गरेका थिए । न्युजिल्यान्डको बोर्ड सदस्य र नोर्थन जिल्ला क्रिकेट एसोसिएसनको अध्यक्षको रुपमा पनि काम गरि सकेका छन् ।

‘आइसीसीको अध्यक्षको रुपमा नियुक्त हुनु गर्वको कुरा हो । मलाई सहयोग गर्ने आइसीसी निर्देशकहरुलाई धन्यावाद दिन चाहन्छु । विश्व महामारीबाट एक मजबुत स्थितिमा पुग्न र विकाश गर्दै खेलको नेतृत्व गर्दै उभिनेमा म आशावादी छु’, बार्कलेले अध्यक्षमा निर्वाचित भएपछि भने ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.