4 years ago
November 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले धुर्मुस सुन्तली फाउन्डेसनले चितवन भरतपुरको शान्तिपुरमा जनस्तरबाट निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको अवलोकन गरेका छन् ।
ज्ञानेन्द्रले सोमबार चितवनमा पुगेर गौतमबुद्ध निर्माणधिन रंगशाला अवलोकन गरेका हुन् । अवलोकनल पछि ज्ञानेन्द्रले गौतमबुद्ध रंगशालालाई सहयोग गर्न आग्रह गरेका छन् ।
‘सर्वप्रथम धुर्मुसलाई धेरै धेरै धन्यावाद दिन चाहन्छु । उहाँले यति ठूलो मन देखाएर ठूलो प्रोजेक्ट आटेर काम गर्नु भएको छ । यसको फलपनि विस्तारै देखिदै पनि गएको छ । हामी पहिला देखिनै समर्थनमा थियौं । अझ सहयोग गर्ने छौं । नेपाली क्रिकेट टोली, खेलाडी, सबैजना मिलेर चिनारीको रुपमा सबैजना एकबद्ध भएर सहयोग गर्न आग्रह पनि गर्ने छौं’, ज्ञानेन्द्रले अवलोकनपछि भने ।
‘एकै गतिमा बनिरहेको छ । उहाँहरुलाई सहयोग गरौं । कुनैपनि राम्रो चिज बन्नलाई फन्ड (आर्थिक) कै आवश्यकता पर्छ । हामी सबैको स्टेडियम हो भन्ने बुझेर जति सक्नुहुन्छ धेरै थोरै सहयोग गर्न अनुरोध गर्दछु’, ज्ञानेन्द्रले भने ।
ज्ञानेन्द्रले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु हुनुभन्दा पहिला रंगशालाको अवलोकन गरेका हुन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षण मंसिर १० देखि टियू क्रिकेट मैदानमा सुरु हुँदैछ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]