default_image

4 years ago

November 24, 2020

सन्दीपसहित चार खेलाडी पिसिआर परिक्षणमा अनुपस्थित

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु हुनअघि आज (मंगलबार) खेलाडी, प्रशिक्षक र ग्राउन्ड स्टाफको कोरोना परिक्षण पिसिआर गरेको छ ।

बुधबारबाट प्रशिक्षण गर्ने तयारी अनुसार पिसिआर रिपोर्ट मंगलबार साँझसम्म आउने क्यानका केन्द्रिय सदस्य दुर्गाराज पठाकले जानकारी दिएका छन् । रिपोर्ट नेगेटिभ आउने खेलाडी प्रशिक्षणमा सामेल हुने छन् ।

पिसिआर परिक्षणमा बोलाइएका २२ खेलाडी मध्य चार जना भने अनुपस्थित रहेका पाठकले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । लेगस्पिनर सन्दीप लामिछाने, तीव्र गतिका बलर करण केसी, अनुभवी स्पिनर वसन्त रेग्मी र ओपनर तथा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल आज टीयू क्रिकेट मैदानमा भएको पिसिआर परिक्षणमा सहभागी नभएको पाठकले जानकारी दिएका छन् । खेलाडीहरु व्यक्तिगत कारण देखाउँदै उपस्थित हुन नसकेको पाठकले जानकारी दिए ।

पाठकका अनुसार यी चार खेलाडीले आएपछि क्यानले भनेको स्थानमा गएर पिसिआर परिक्षण गराउनु पर्ने हुन्छ । क्यानले बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ सदस्य खेलाडीलाई बोलाएको थियो । प्रशिक्षक जगत टमटा र टीयू मैदानमा कार्यरत १५ जना कर्मचारीको पनि पिसिआर परिक्षण भएको छ ।

पिसिआर परिक्षण स्टार अस्पतालले गरेको हो । कोरोना महामारीपछि राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक बन्द प्रशिक्षण गर्दै छ । नेपालले पछिल्लो पटक फागुनमा थाईल्यान्डमा सम्पन्न एसिसी इस्टर्न रिजन टि२० प्रतियोगिता खेलेको थियो । त्यसपछि खेलाडी पहिलो पटक प्रशिक्षणमा फर्किदै छन् ।

नेपालले आगमी मार्चमा ओमानमा गएर अमेरिकासँगै आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसिय खेल्ने सम्भावना छ । जसको लागि तयारी गरेको बुझिएको छ ।

यो पनि पढ्नुहोस : शरद, वसन्त र सोमपाल राष्ट्रिय टोलीमा फर्किए

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

March 17, 2025

सुदूरपश्चिमविरुद्ध पुलिसको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]

March 17, 2025

आर्मीविरुद्ध एपिएफको सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]

Success

Thank you for your time.