default_image

4 years ago

November 22, 2020

प्रधानमन्त्री कप डिसेम्बर अन्तिममा गर्ने तयारी

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय (पिएम) कप प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) ले डिसेम्बर अन्तिमदेखि सुरु गर्ने तयारी गरेको छ ।

कोरोना महामारीसँगै ९ महिनादेखि शून्य नेपाली क्रिकेटलाई पिएमकप मार्फत फर्काउन खोजेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् । क्यानको योजना अनुसार पिएमकप सुरु हुन डेढ महिना बाँकी रहँदा औपचारिक रुपमा कुनै तयारी भने थालेको छैन । यो अवस्थामा क्यानले सिधै प्रदेश छनोट गर्ने तयारी गरिरहेको बुझिएको छ ।

जिल्ला छनोट कोरोना महामारीको कारण नहुने सम्भावना छ । अध्यक्ष चन्द पनि जिल्ला छनोट नहुनेमा स्वीकार गर्दछन् । अध्यक्ष चन्दका अनुसार क्यानले पिएमकप डिसेम्बर अन्तिम देखि सुरु गर्ने गरि तयारी गरिरहेको छ ।

पिएमकपमा ७ प्रदेश र तीन विभागीय टोली गरि कुल १० टोलीबीच प्रतिस्पर्धा हुने छ । जसमा दुई समूहमा पाँच–पाँच टोली विभाजन गरिने छ । दुविया समूहका शीर्ष दुई दुई टोली सेमिफाइनलमा भिड्ने छन् ।

‘जिल्ला छनोट हुँदैन होला । प्रदेश छनोट भने गर्ने सल्लाह भइरहेको छ । डिसेम्बर अन्तिमबाट सुरु गरेर जनवरी दोस्रो हप्ता सम्म सम्पन्न गर्ने सोचमा छौं’, चन्दले भने । खेल मुलपानी र टीयू क्रिकेट मैदान हुने छन् । क्यानले पुरै १० टोलीबीच लिग गर्ने सोच बनाएपनि कोरोना महामारीको कारण समूहमा बाँडेर गर्नुपर्ने बाध्यता भएको चन्द बताउँछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पिएमकपको लागि ४० लाख रुपैयाँ छुट्याएको छ । अन्य रकम क्यानले प्रायोजनबाट उठाउनुपर्ने हुन्छ ।

ओडिआई मान्यता देश नेपालको पिएमकप एकमात्र राष्ट्रिय एक दिवसिय प्रतियोगिता हो । सुनसरीको इनरुवामा मनोमहन मेमोरियल एक दिवसिय प्रतियोगितालाई अझै राष्ट्रिय प्रतियोगिताको मान्यता भने पाई सकेको छैन । क्यान निलम्बनमा हुँदा राखेपले पिएमकप सन् २०१७ देखि सुरु गरेको थियो ।

पहिलो संस्करणको फाइनल वर्षाको कारण प्रभावित हुँदा उपाधि नेपाल आर्मी र नेपाल पुलिस क्लबले संयुक्त रुपमा बाँडेका थिए । दोस्रो संस्करण २०१८ को फाइनलमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करण २०१९ मा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो ।

यस अघिका तीन संस्करणमा क्यान नहुँदा पिएमकपको लागि जिल्ला र प्रदेश छनोट भने हुन सकेको थिएन । यस पटक गत चैतमा कोरोना महामारी सुरु हुनुअघि काठमाडौं लागयत केहिले पिएमकपको लागि जिल्ला छनोट सुरु गरेपनि बीचैमा स्थगित गर्नु परेको थियो । पहिलो संस्करण काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर तथा दोस्रो र तेस्रो नेपालय इन्टरनेशनल प्रा.लीको व्यवस्थापनमा सम्पन्न भएको थियो ।

गतवर्ष भने नेपालय व्यवस्थापन देखि खेलाडीको व्यक्तिगत अवार्ड लगायत थुप्रै कुरामा विवादमा परेको थियो । पहिलो संस्करणमा राखेपले २५ लाख, दोस्रोमा ६५ लाख र तेस्रो संस्करणमा ८० लाख रुपैयाँ छुट्याएको थियो । विजेताले २० लाख र उप विजेताले १० लाख रुपैयाँ प्राप्त गर्दै आएका छन् ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.