default_image

4 years ago

November 21, 2020

क्रिकेट टोलीमा भारतीय फिटनेस ट्रेनर

103 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको फिटनेस ट्रेनरको रुपमा भारतीय आशय हत्कर नेपाल आउने भएका छन् ।

नेपाली क्रिकेट टोलीले आगमी मंसिर १० गतेदेखि टीयु क्रिकेट मैदानमा प्रशिक्षण थाल्दैछ । उनी तीन महिनाको लागि नेपाल आउन लागेका हुन् । नेपाली क्रिकेट टोलीले आगमी मार्चमा ओमानमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्ने सम्भावना छ । ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मकको सम्भावना छ । क्यानले फिटनेस ट्रेनरको रुपमा आशयलाई ल्याउन लागेको हो ।

खेलाडी फागुनपछि पहिलो पटक प्रशिक्षणको लागि मैदानमा फर्कंदै छन् । जसले गर्दा फिटनेस खेलाडीको लागि निकै महत्त्वपूर्ण हुने हुँदा उनलाई ल्याउन लागिएको बुझिएको छ । हाल नेपाली क्रिकेटको फिजियोको रुपमा विक्रम न्यौपाने छन् । हत्कर ११ वर्षदेखि फिटनेस क्षेत्रमा काम गर्दै आएका छन् । हत्करले विश्व च्याम्पियन बक्सर मेरी कोम र सरिता देवीको ट्रेनरको रुपमा काम गरेका छन् ।

त्यस्तै भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलर जाहिर खानको फिटनेस ट्रेनरको रुपमा सन् २०१८ देखि अगष्ट देखि २०२० फ्रेबुअरी सम्म काम गरेका थिए । उनीसँग विभिन्न संगठका स्वास्थ्य क्षेत्रमा रहेर काम गरेको अनुभव छ ।

क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । जसको लागि मंसिर ८ मा सबै खेलाडीको पिसिआर रिपोर्ट परिक्षण गर्ने छ । जसमा नेगेटिभ आउने खेलाडी प्रशिक्षणमा सामेल हुन पाउने छन् ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.