4 years ago
November 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आगमी अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै २२ सदस्य राष्ट्रिय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरेको टोलीमा पुरानै अनुहारहरु छन् । टोलीको प्रशिक्षकको रुपमा जगत टमटा रहेका छन् । मंसिर १० गतेदेखि सुरु हुने प्रशिक्षणमा क्यानले त्यसको दुई दिन अघि सबै खेलाडीको पिसिआर परिक्षण गर्नेछ । नेगेटिभ रिपोर्ट आउने खेलाडीलाई मात्र प्रशिक्षणमा सामेल गरिने क्यानले जनाएको छ ।
नेपालले पछिल्लो पटक गत फागुनमा थाईल्यान्डमा टि२० इस्टर्न रिजन छनोट खेलेको थियो । नेपालले आगमी मार्चमा ओमानमा आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्ने सम्भावना छ । नेपालले पछिल्लो पटक बन्द प्रशिक्षण माघमा इस्टर्न रिजनको लागि १८ सदस्य खेलाडीलाई बोलाएको थियो ।
फागुनमा भएको उक्त इस्टर्न रिजन पछि नेपालले पहिलो पटक खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । उक्त बन्द प्रशिक्षणमा नरहेका ब्याट्सम्यान शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामीले टोलीमा स्थान बनाएका छन् । पछिल्लो पटक बन्द प्रशिक्षणको अन्तिम १८ मा रहेका युवा स्पिनर शेर मल्ल र युवा ब्याट्सम्यान लोकेश बम प्रशिक्षणमा बोलाईएको छैन ।
टोलीको प्रशिक्षकमा जगत टमाटा नै रहेका छन् । क्यानले अन्तर्राष्ट्रिय प्रशिक्षकको अन्तर्वार्ता लिएपनि छनोटको अन्तिम चरण बाँकी रहेकाले टमाटाले नै टोलीको प्रशिक्षण सम्हाल्नेछन् । यस्तै क्यानले व्यवस्थापकमा पनि फिजियो विक्रम न्यौपानेलाई नै जिम्मेवारी दिएको छ । क्यानले यसअघि अर्को नियुक्ति नहुँदासम्म न्यौपाने नै कार्यवाहक रहने जनाएको थियो ।
क्यानले बन्द प्रशिक्षणमा बोलाएका २२ खेलाडी :
ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप लामिछाने, वसन्त रेग्मी, सुसन भारी, पवन सरार्फ, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, भुवन कार्की, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), शरद भेषावकर, विनोद भण्डारी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, कुशल मल्ल, सन्दीप जोरा, पारस खड्का, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, सुवास खकुरेल, राशिद खान र किशोर महतो ।
प्रशिक्षक : जगत टमाटा
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]