default_image

4 years ago

November 19, 2020

सन्दीपको आगमनले होबार्ट उत्साहित

105 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिगको दशौं संस्करणमा होबार्ट हरिकेन्सबाट खेल्ने भएका छन् । होबार्टले आफ्नो वेबसाइटमा सन्दीपको आगमनसँगै टोली पूर्ण भएको जनाएको छ ।

बिग ब्यासको आठौं संस्करणमा मेलबर्न स्टार्सबाट खेल्दै अष्ट्रेलियन लिगमा डेब्यु गरेका उनले पछिल्लो सिजन पनि सोहि टोलीबाट निरन्तरता दिएका थिए । तर यस सिजन सम्झौता नवीकरणमा सहमति हुन नसक्दा सन्दीप होबार्ट पुगेका हुन् । सन्दीपलाई अनुबन्ध गर्न होबार्ट र मेलबर्नसँगै अन्य टोलीले पनि इच्छा देखाएको बुझिएको छ ।

सन्दीपले बिग ब्यासमा दुई सिजन खेल्दै २० खेलमा १९.८ को औसतमा २६ विकेट लिएका छन् । सन्दीप आफैंले पनि होबार्टको प्रतिनिधित्व गर्न पाउँदा गौरव महसुस गरेको बताए । ‘ म दशौं सिजनका लागि होबार्ट हरिकेन्स परिवारको साथमा रहन पाउँदा गौरवान्वित महसुस गरिरहेको छु । यसका लागि म आभारी छु । मैले अष्ट्रेलियामा सधैं साथ र माया पाएको छु र अष्ट्रेलियाको शीर्ष स्तरको क्रिकेट खेल्न उत्साहित छु । त्यहाँ आएर खेल्न आतुर छु,’ उनले भने ।

होबार्टका प्रमुख प्रशिक्षक एडम ग्रिफिथले सन्दीपसँग टोलीको बलिङ आक्रमणमा फरक प्रभाव पार्ने क्षमता रहेको बताए । ‘ हामीले देखेका छौं की सन्दीपले आफ्नो स्पिनको मदतले खेलको रुप बदल्न सक्छन् । उनि इनिङको कुनैपनि अवस्थामा बलिङ गर्न सक्छन् । उनले आफ्नो विकेट लिने क्षमता सिद्ध पारेका छन् र हाम्रो बलिङ आक्रमणमा फरक धार ल्याएका छन्,’ ग्रिफिथले भने ।

हरिकेन्सका प्रबन्ध निर्देशक स्कट बार्न्सले सन्दीपको आगमनले उनको प्रभाव टोलीको मैदानभित्रको सफलतामा मात्र नभएर मैदानबाहिर पनि हुने बताए । ‘ हामीले पछिल्ला दुई सिजनमा देखेका छौं कि सन्दीपले बलिङ गरेर मात्र होइन, उनको व्यक्तित्वले पनि खेलमा प्रभाव छाडेका छन् । यसपटक उनी हाम्रो टोलीमा छन् र आशा गरौं उनले चाडैं नै तास्मनियाको समर्थकसामु आफ्नो जादु देखाउन पाउनेछन्,’ बार्न्सले भने ।

होबार्टको पूर्ण टोली :

सक्ट बोल्यान्ड, टिम डेविड, जेक डोरन, नेथन एलिस, जेम्स फल्क्नर, पिटर ह्यान्ड्सकम्ब, बेन मक्डरमट, राइली मेरेडिथ, डेविड मुडी, मिचेल ओवेन, टिम पेन, विल परकर, डार्सी सर्ट, म्याथ्यु वेड, निक विन्टर, म्याक राइट

विदेशी खेलाडी : डेविड मालन, सन्दीप लामिछाने, किमो पल

वैकल्पिक विदेशी : विल ज्याक्स, कोलिन इन्ग्राम

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.