4 years ago
November 18, 2020
एजेन्सी – इंग्ल्यान्ड क्रिकेट टोलीले १६ वर्षपछि पाकिस्तान भ्रमण गर्ने भएको छ । इंग्ल्यान्डले दुई टि२० आई सिरिजको लागि आगमी अक्टोबरमा पाकिस्तान भ्रमणमा निस्कने छ ।
भारतमा टि२० विश्वकप हुनुअघि इंग्ल्यान्डले पाकिस्तानसँग दुई टि२० खेल खेल्ने निश्चित भएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टि२० १४ अक्टोबर र दोस्रो १५ अक्टोबरमा कराँचीमा हुने छ । टि२० विश्वकप अक्टोबर नोभेम्बरमा भारतमा हुने छ । १६ अक्टोबरमा इंग्ल्यान्ड भारत जाने छ । यस सिरिज दुबै टोलीलाई टि२० विश्वकपको तयारी हुने छ ।
इंग्ल्यान्डले अन्तिम पटक पाकिस्तानमा सन् २००५ मा तीन टेष्ट र पाँच ओडिआई खेलेको थियो । इंग्ल्यान्डले पाकिस्तानमा टि२० भने पहिलो खेल खेल्ने छ । इंग्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध नोभेम्बर २७ देखि डिसेम्बर ९ सम्म तीन टि२० र तीन ओडिआई सिरिज खेल खेल्ने तयारीमा छ । पाकिस्तानले डिसेम्बर जनवरीमा न्युजिल्यान्डमा तीन टि२० सिरिज र दुई टेष्ट खेल खेल्न लागेको छ ।
त्यसअघि पाकिस्तानले इंग्ल्यान्ड भ्रमण गर्ने कार्यक्रम छ । पाकिस्तानले आइसिसी वल्र्ड कप सुपर लिग अन्र्तरगत ओडिआई खेलको लागि जुलाईमा इंग्ल्यान्डको भ्रमण गर्ने छ । उक्त भ्रमणमा तीन टि२० आई खेलको सिरिज पनि हुने छ । पहिलो ओडिआई ८ जुलाई दोस्रो १० र तेस्रो १३ मा हुने छ । तीन टि२० सिरिज अन्तर्गत पहिलो खेल जुलाई १६, दोस्रो १८ र तेस्रो तथा अन्तिम खेल २० जुलाईमा खेल्ने छ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]