default_image

4 years ago

November 18, 2020

नेपालको एक दिवसिय मान्यता थप एक वर्ष बढ्यो

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको एक दिवसिय (ओडिआई) मान्यता अर्को एक वर्ष बढ्ने भएको छ । सन् २०२२ सम्मलाई रहेको नेपालको ओडिआई मान्यता अब २०२३ सम्म रहने छ ।

नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दले बुधबार वार्षिक साधारण सभाको उद्घाटनका क्रममा कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप लिग–२ का खेलहरु हुन नसक्दा एक वर्ष बढाएर २०२३ मार्च सम्मलाई ओडिआई मान्यता दिने भएको जानकारी गराएका थिए ।

नेपालको २०२१ मा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा दुई वटा खेल खेल्नेको सम्भावना रहेको पनि चन्दले बताएका छन् । मार्चदेखि विश्वकप लिग–२ गराउन आइसिसीले क्यानलाई प्रस्ताव राखेको चन्दले जानकारी दिए ।

मार्चमा नेपालले ओमानमा गएर खेल्ने सम्भावना छ । जुलाईमा पनि आइसिसीले त्रिकोणात्मक सिरिजको लागि प्रस्ताव गरेको छ । बाँकी विश्वकप लिग–२ का खेलहरु २०२२ र २०२३ मा हुने चन्दले बताएका छन् ।

डिसेम्बर भित्र क्यानले प्रधानमन्त्री कप एकदिवसिय महिला र पुरुष दुवैको राष्ट्रिय प्रतियोगिता गर्ने तयारी गरि रहेको पनि भर्चुगल साधारण सभामार्फत चन्दले जानकारी दिए ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.