default_image

4 years ago

November 18, 2020

बाबर सर्वोत्कृष्ट खेलाडी घोषित

107 views

0 Bookmark

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान तथा कराँची किंग्सका ओपनर बाबर आजम पाकिस्तान सुपर लिग (पिएसएल) २०२० को सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) घोषित भएका छन् ।

मंगलबार राती सम्पन्न फाइनलमा कराँचीलाई पहिलो पटक पिएसएलको उपाधि दिलाउन बाबरले अविजित अर्धशतकीय इनिङ खेलेका थिए । फाइनलमा लाहोर कलन्दर्सलाई ५ विकेटले हराउँदै कराँची च्याम्पियन बनेको थियो । जसक्रममा बाबरले ४९ बलमा ६३ रनको इनिङ खेलेका थिए ।

बाबर पिएसएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ११ इनिङमा तीन पटक अविजित रहँदै कुल ४ सय ७३ रन बनाए । जसमा पाँच अर्धशतक सामेल छ । बाबर क्वालिफायर र फाइनल दुबैमा प्लेयर अफ द म्याच चुनिएका थिए । दुबै खेलमा अर्ध शतक प्रहार गरेका थिए । उत्कृष्ट लयमा रहेका बाबरले लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

त्यस्तै पिएसएल २०२० मा पाकिस्तानकै युवा तीव्र गतिका बायाँ हाते बलर शाहिन अफ्रिदी उत्कृष्ट बलर चुनिएका छन् । लाहोर कलन्दर्सका अफ्रिदीले १२ खेलमा १७ विकेट लिएका थिए । स्प्रिट अफ क्रिकेट अवार्ड मुल्तान सुल्तान्सले पाएको छ । उत्कृष्ट विकेटकिपर कलन्दर्सका बेन डंक चुनिएका छन् । उनले प्रतियोगिताभर कुल ९ क्याच लिएका थिए ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.