4 years ago
November 17, 2020
एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०२० को फाइनलमा लाहोर कलन्दर्सले कराँची किंग्सलाई १ सय ३५ रनको मध्यम लक्ष्य दिएको छ ।
नेशनल स्टेडियम कराँचीमा टस जितेर ब्याटिङ रोजेको कलन्दर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । कलन्दर्सले सुरुवात राम्रो गरेपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानले कमजोर प्रर्दशन गर्दा विशाल योगफल बनाउनबाट चुकेको हो ।
पहिलो विकेटका लागि कलन्दर्सका ओपनर फखर जमान र तमिम इकबाल १०.१ ओभरमा ६८ रनको साझेदारी गरेका थिए । ११ औं ओभरको पहिलो बलमा उम्मेद आसिफले इफ्तिखर अहमदबाट इकबाललाई ३५ रनमा क्याच आउट गराए ।
इकबालले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । चौथो बलमा जमान इफ्तिखरबाटै २७ रनमा क्याच आउट हुँदा कलन्दर्स समस्यामा परेको थियो । जमानले २४ बलमा ४ चौका प्रहार गरे । अन्य ब्याट्सम्यानको प्रर्दशन खराब हुँदा सस्तैमा समेटिन पुग्यो ।
इमाद वासिमले १२ औं पहिलो बलमा मोहम्मद हफिजलाई बाबर आजमबाट २ रनमा क्याच आउट गराए । १४ औं ओभरको तेस्रो बलमा स्मित पटेल ५ रनमा क्याच आउट हुँदा कलन्दर्स ८१–४ को अवस्थामा पुगेको थियो । अर्शद इकबालले बेन डंकलाई १६ औं ओभरको चौथो बलमा बाबरबाट ११ रनमा क्याच आउट गराए ।
१९ औं ओभरको पहिलो बलमा सोहिल अख्तर १४ रनमा शेर्फान रदरफोर्डबाट समातिन पुगे । डेभिड विसे १४ बलमा १ छक्का सहित १४ रनमा अविजित रहे । शाहिद अफ्रिदी ४ बलमा १ चौका र १ छक्का सहित १२ रनमा अविजित रहे ।
कराँची किंग्सका उम्मेद आसिफले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अर्शद इकबालले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । वकास मकसुदले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । इमाद वासिमको नाममा एक विकेट रह्यो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]