4 years ago
November 14, 2020
एजेन्सी – कराँची किंग्स पाकिस्तान सुपर लिग (पिएसएल) २०२० को फाइनलमा पुगेको छ । शनिबार राती नेशनल स्टेडियम कराँचीमा सम्पन्न पहिलो क्वालिफायरमा मुल्तान सुल्तान्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
सुपर ओभरमा कराँचीले २ विकेट गुमाउँदै १३ रन जोडेको थियो । सोहेल तनवीरलाई शेर्फान रदरफोर्डले चौथो बलमा चौका र पाँचौ बलमा छक्का प्रहार गरेका थिए । कराँचीका तीव्र गतिका बलर मोहम्मद आमिरले सुपर ओभरमा मुल्तान सुल्तान्सका ब्याट्सम्यानलाई ८ रन खर्चदै फाइनल यात्रा पक्का गरे । सुल्तान्सका रवी बोपरा र राइली रुसोउले टोलीलाई जितसम्म पुर्याउन सकेनन् ।
जितका लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको कराँची किंग्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४१ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अन्तिम बलमा जितको लागि पाँच रन आवश्यक परेको अवस्थामा कप्तान इमाद वासिमले मोहम्मद इलियासलाई चौका प्रहार गरेपछि खेल सुपर ओभरमा पुगेको थियो ।
ओपनर बाबर आजमले ५३ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ६५ रनको योगदान दिए । एलेक्स हक्स २२, इफ्तिखर अहमदले १३ रनको योगदान दिए । एक समय कराँची सहज जितर्फ रहेको थियो । तर तल्लोक्रमका चाडविक वाल्टन २, शेर्फान रदरफोर्ड, वेनी पर्नेल, मोहम्मद आमिर र वकास मकसुद १–१ रनमा आउट भएपछि सुपर ओभरमा पुगेको थियो ।
इमाद वासिम १६ बलमा २ चौका र १ छक्का सहित २७ रनमा अविजित रहे । मुल्तानका सोहेल तनवीरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । मोहम्मद इलायस, इमरान ताहिर र शाहिद अफ्रिदी एक एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुल्तान सुल्तान्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । मुल्तानका रवी बोपराले ३१ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको योगदान दिए । तल्लोक्रममा सोहेल तनवीरले १३ बलमा २ छक्का र १ चौका सहित महत्वपूर्ण अविजित २५ रनको इनिङ खेलेका थिए ।
ओपनर जेशान अशराफ २१, खुशदील शाहले १७ र शाहिद अफ्रिदीले १२ रनको योगदान दिए । कराँचीका वकार मकसुदले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । अर्शद इकवालले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । इमाद वासिमको नाममा एक विकेट रह्यो ।
कोरोना महामारीको गत मार्चमा पिएसएलको प्ले अफका खेल स्थगित भएका थिए । आज रातीनै एलिमिनेटरमा लाहोर कलन्दर्स र पेशावार जाल्मीबीच प्रतिस्पर्धा हुने छ । जसको विजेताले आइतबार दोस्रो क्वालिफायरमा मुल्तान सुल्तान्ससँग प्रतिस्पर्धा गर्ने छ । फाइनल मंगलबार हुनेछ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]