default_image

4 years ago

November 14, 2020

आइपिएलमा उच्च प्रर्दशन गरेका पाँच अनक्याप्ड खेलाडी

126 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै सर्वाधिक ठूलो फ्रेन्चाइज लिग हो । क्रिकेटको व्यावसायिक लिगमा सर्वाधिक प्रतिष्ठित आइपिएल खेलाडीको पहिलो रोजाईमा पर्ने गर्दछ ।

आइपिएलको लोकप्रियतादेखि प्रर्दशनको स्तरसम्म अन्य लिगमा भन्दा धेरै फरक पाइन्छ । विश्व क्रिकेटका चर्चित खेलाडीको जमघटको थलो आइपिएलमा कमै त्यस्ता खेलाडीमात्र छुटेका हुन्छन् । आइपिएल २०२० सकिएको छ । मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराउँदै यस सिजनको उपाधि जित्यो । जुन मुम्बईको समग्रमा पाँचौ आइपिएल उपाधि हो ।

मुम्बईलाई उपाधि जिताउनमा सबै खेलाडीले निरन्तर राम्रो प्रर्दशन गरे । जसमा दुई अनक्याप्ड खेलाडी (राष्ट्रिय टोलीबाट नखेलेका) को प्रर्दशन उत्कृष्ट रह्यो । मुम्बई इन्डियस ब्याटिङमा बलियो देखिनुमा सूर्यकुमार यादव र इशान किशनको उत्कृष्ट लय एक कारण थियो ।

आइपिएल राष्ट्रिय टोलीको जर्सीसम्म पुग्ने सबैभन्दा ठूलो अवसर हो । युवा खेलाडीलाई राष्ट्रिय टोलीको ढोका सम्म पुग्न आइपिएलको प्रर्दशनले सहज बनाउँछ । भारतीय क्रिकेटमा खेलाडी छनोमा आइपिएलको प्रर्दशनलाई विशेष आधार मानिन्छ । यस पटकको आइपिएलमा भारतीय युवा खेलाडीको प्रर्दशन उच्च रह्यो ।

अनक्याप्ड खेलाडीको उच्च प्रर्दशनले भारतीय क्रिकेट जगत निकै उत्साहित छ । आइपिएलको प्रर्दशनले थुप्रै खेलाडीले भारती टोलीमा आफ्नो स्थानमा दाबेदारी प्रस्तुत गरेका छन् । आइपिएल २०२० मा उत्कृष्ट प्रर्दशन गरेका पाँच अनक्याप खेलाडी यस प्रकार छन् । जुन खेलाडीले आगमी दिनमा भारतीय क्रिकेटमा लामो यात्रा गर्न सक्छन् ।

५. राहुल टेवाटिया (अलराउन्डर)

राजस्थान रोयल्सबाट यस सिजनमा लेग स्पिनर राहुल टेवाटियाले उत्कृष्ट अलराउन्ड प्रर्दशन गरे । उनको उत्कृष्ट प्रर्दशनका बाबजुद पनि राजस्थानले प्ले अफमा स्थान बनाउन सकेन । प्ले अफमा स्थान बनाउन एक खेलाडीको प्रर्दशनमात्रै पर्याप्त हुँदैन । टोली बाहिरिए पनि उनले आफ्नो प्रभाव भने राम्रो छोडे ।

टेवाटियाले कुल ११ इनिङमा ५ पटक अविजित रहँदै कुल २ सय ५५ रन बनाए । स्ट्राइक रेटमा १ सय ३९ को रहँदा १७ छक्का सामेल रह्यो । उनले किंग्स इलेभेन पन्जाबविरुद्ध २ सय २४ रनको विशाल लक्ष्य पूरा गर्न अविश्वसनिय अर्धशतक प्रहार गरेका थिए । राहुलले ३१ बलमा ७ छक्का सहित ५३ रनको इनिङले राम्रो चर्चा पाएको थियो । जुन खेलमा टेवाटिया जिरोबाट हिरो बनेका थिए ।

यस प्रतियोगिताभर उनले राम्रो प्रर्दशन गरे । ब्याटिङमात्रै होईन बलिङमा पनि उनले १० विकेट लिदै आफ्नो प्रभाव त्यतिनै छोड्न सफल भए । अलराउन्ड प्रर्दशनमा दिल्ली क्यापिटल्सका मार्कस स्टोइनिसपछि यस सिजनमा टेवाटियाको प्रर्दशन उत्कृष्ट मानिन्छ । यसै सिजन दिल्लीबाट राजस्थान पुगेका टेवाटियाले बल र ब्याट दुबैमा उच्च प्रर्दशन गरे ।

४. ईशान किशन (ब्याट्सम्यान)

यस सिजनमा मुम्बईलाई च्याम्पियन बनाउन किशनको प्रर्दशन उत्कृष्ट रह्यो । ओपनिङ र चौथो नम्बरमा ब्याटिङ गरेका किशन यस सिजनमा सर्वाधिक रन बनाउने पाँचौ खेलाडी हुन् । जुन यस सिजनमा अनक्याप खेलाडीले बनाएको सर्वाधिक रन हो ।

किशनले १३ इनिङमा ४ पटक अविजित रहँदै कुल ५ सय १६ रन बनाए । जसमा ५ अर्धशतक सामेल रह्यो । यस सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका किशन मुम्बईलाई च्याम्पियन बनाउन उत्कृष्ट योगदान दिए । कुल ३० छक्का प्रहार गरेका किशनको स्ट्राइकरेट १ सय ४६ को रह्यो । उनले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध खेलेको ९९ रन यस सिजनमा उनले गरेको सर्वोत्कृष्ट इनिङ रह्यो ।

क्विन्टन डी ककले विकेटकिपिङ गर्दा त्यो भूमिका भने किशनले निर्वाह गर्नु परेन । तर यस सिजनमा किशनको ब्याटबाट भने मज्जाले रन निस्कियो । किशनले आगमी दिनमा चाडैं नै भारतीय टोलीमा स्थान बनाउन सक्छन् ।

३. देवदत्त पाडिक्कल (ब्याट्सम्यान)

रोयल च्यालेन्जर्स बेंगलोरका युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलले आफ्नो डेब्यू सिजनमा उत्कृष्ट प्रर्दशन गरे । इमर्जिङ प्लेयर अवार्ड जितेका पाडिक्कललाई अन्य ब्याट्सम्यानले त्यसै अनुसार साथ नदिँदा फाइनल सम्मको यात्रा भने तय गर्न सकेन । तर डेब्यूको पहिलो खेलमै अर्ध शतक प्रहार गरेका उनले कुल १५ खेलमा ४ सय ७३ रन बनाए ।

पाँच अर्धशतक सामेल हुँदा स्ट्राइकरेट १ सय २५ को रह्यो । बेंगलोरबाट रन बनाउने सर्वाधिक ब्याट्सम्यान बने । डेब्यू सिजनको पहिलो खेलमा उनले परिपक्क ब्याट्सम्यानले जस्तै प्रर्दशन गरेका थिए । जसको प्रर्दशनले पाडिक्कललाई आगमी दिनमा भारतीय टोलीको ओपनरको रुपमा हेरिएको छ ।

२. सूर्यकुमार यादव (ब्याट्सम्यान)

भारतीय क्रिकेटमा मौका पाउन संघर्षरत सूर्यकुमार यादवले छनोट समितिलाई राम्रो जवाफ दिएका छन् । मुम्बईलाई उपाधि दिलाउन महत्त्वपूर्ण प्रर्दशन गरेका यादवले १५ इनिङमा ४ सय ८० रन बनाए । जसमा स्ट्राइकरेट ४५ को रहँदा उत्कृष्ट प्रर्दशन उत्कृष्ट प्रर्दशन ७९ रह्यो । मुम्बई इन्डिन्सको मध्यक्रमका खम्बा बनेका उनले चार अर्धशतक प्रहार गरेका थिए ।

सूर्यलाई केहि क्रिकेट विज्ञहरु भारतीय क्रिकेटका एबी डिभिलियर्सको उपनाम दिएका छन् । मैदानको चारैतर्फ आधुनिक सट खेल्न माहिर सूर्य भारतीय टोलीमा नपर्दा छनोटकर्तानै आलोचित भएका छन् । तर उनको क्षमता र लयलाई हेर्दा भारतीय टोलीको ढोका भने टाढा देखिदैन ।

१. टि नटराजन (बलर)

सनराइजर्स हैदराबाद यस सिजनमा प्ले अफ सम्मको यात्रा गर्छ भनेर कमैले सोचेका थिए । कमजोर मानिएको हैदराबादलाई प्ले अफ सम्म पुर्याउन युवा तीव्र गतिका बलर टि नटराजनको प्रर्दशन अमूल्य रह्यो । डेथ ओभर स्पेलिष्ट टि नटराजनले योर्कर फाल्दै लगातार हैदराबादको जित सहज बनाए । उनले यस सिजनमा कुल १६ विकेट लिए । ६२.५ ओभर बलिङ गर्दा उनको इकोनमी ८.०२ को रह्यो ।

नटराजनको सबैभन्दा ठूलो खुबी ६ बलमा ६ नै योर्कर फाल्न सक्ने क्षमता हो । यसै खुबीको कारण आइपिएलको प्रर्दशनको कारण उनलाई भारतले अष्ट्रेलियाविरुद्ध टि२० खेलको लागि टोलीमा बोलाएको छ । स्पिनर वरुण चक्रबर्ती घाइते भएपछि नटराजन टोलीमा परेका हुन् ।

नटराजनले यस सिजनमा कुल ७६ योर्कर यो सिजनमा फालेका थिए । जुन एकै सिजनमा कुनैपनि बलरले फालेको योर्कर भन्दा मात्रै ७ कम हो । सन् २०१३ मा श्रीलंका लासिथ मलिङ्गाले कुल ८३ योर्कर फालेका थिए । नटराजनलाई जस्प्रित बुमराहको जोडी भारतीय क्रिकेटमा भेटिएको अनुमान गरिएको छ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.