4 years ago
November 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दुई महिना अघि सडक दुर्घटनामा परि घाइते भएका बायाँ हाते तीब्र गतिका बलर ललितसिंह भण्डारीलाई राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्काले उनको सहयोगार्थ संकलित रकम शुक्रबार हस्तान्तरण गरेका छन् ।
यूके नेपाली इलेभेन क्रिकेट क्बल र त्यहाँका केहि क्लबहरु मिलेर पठाएको २ लाख २२ हजार २ सय ४२ रुपैयाँ ज्ञानेन्द्र र पारसले ललितलाई काठमाडौंमा भेटेर हस्तान्तरण गरेका हुन् । भदौ २८ मा महेन्द्रनगरको झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भएका थिए ।
अचेत अवस्थामा रहेका ललितलाई धनगढीको निसर्ग अस्पताल हुँदै राती नै बाँकेस्थित कोहलपुर शिक्षण अस्पतालमा उपचार ल्याइएको थियो । कोहलपुरमा उनको पूर्ण उपचार हुन नसकेपछि उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत ग्राण्डीमा ल्याइएको थियो ।
दुर्घटनामा परि ललितको दायाँ हात, खुट्टा, टाउको र छातीमा चोट लागेको थियो ।हातको कुम, एंकल लगायतका भागहरुमा चोट लागेको थियो । उनको हातको तीन भाग र खुट्टाको एक भागमा शल्यक्रिया भएको थियो । ग्रान्डीबाट उनी असोज २० मा डिस्चार्ज भएका थिए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]