4 years ago
November 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोट गर्न १४ जनासँग अन्तरवार्ता लिने भएको छ ।
क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई केहि साता अघि २५ जनाको नाम पठाएको थियो । कुल ७२ जना मध्य क्यानले २५ जनाको नाम आइसिसीलाई पठाएको थियो । आइसिसीले उक्त २५ बाट १४ जनाको नाम पठाएको क्यानले जनाएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार मुख्य प्रशिक्षक र क्रिकेट म्यानेजरको अन्तरवार्ता आज वा भोली भित्र हुने छ ।
‘प्रशिक्षकमा १४ जनाको अन्तरवार्ता हुन्छ । क्रिकेट म्यानेजरमा ५ जनाको अन्तरवार्ता हुँदै । अन्तरवार्तापछि हामी आइसिसीलाई पठाउने छौं, प्याकुरेलले भने । नियुक्तिको लागि प्रकृया सुरु भएको छ । आइसिसीसँग समन्वय गरेर अघि बढ्नुपर्छ । चाडैंनै नियुक्ति हुने सम्भावना छ’, प्याकुरेलले भने ।
अन्य पदको भने तिहारपछि अन्तरवार्ता हुने प्याकुरेलले बताउँछन् । अन्तरवार्ता चार समितिमा सचिवसँगै अध्यक्ष चतुरबहादुर चन्द, कोषाअध्यक्ष रोशनकुमार सिंह र प्रशिक्षक दीपेन्द्र चौधरी छन् ।
प्रशिक्षकमा टेष्ट टोलीसँगै अमेरिका क्यानडा लगायतका प्रशिक्षकहरु रहेको प्याकुरेलले बताए । ती प्रशिक्षकको नाम भने खुलाउन नमिल्ने प्याकुरेलले बताउछन् । भारत, दक्षिण अफ्रिका लगायतका केहि ठूला लाम पनि अन्तरवार्तामा रहेको बुझिएको छ ।
क्यानको आज भर्चुअल (अनलाइन) को माध्यमबाट बोर्ड बैठक सम्पन्न गरेको छ । उक्त बोर्ड बैठकले मंसिर ३ मा हुने वार्षिक साधरण सभाको एजेन्डाहरुतय गरेको छ । वार्षिक लेखापरिक्षण, २०२१ को बजेटतथा कार्यक्रम, रणनैतिक निर्माण, जिल्ला तथा प्रादेशिक संघको निर्माण, संघ पदाधिकारी र कर्मचारीको कोड अफ क्नडक्ट निर्माण, एन्टि करप्सन, एन्टी डोपिङ्ग र इयक्सि पोलोसी निर्माण लगायतका कुराहरु वार्षिक साधारण सभाका एजेन्डा रहेको जनाएको छ ।
त्यस्तै क्यान नेपाल प्रिमियर लिग (एनपिएल) गर्ने सोचमा रहेको जनाएको छ । जसको लागि ड्राफ्टमा छलफल गर्दै आगमी वार्षिक साधरण सभामा एजेण्डाको रुपमा लैजाने निर्णय गरेको जनाएको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]