default_image

4 years ago

November 12, 2020

पुरनले स्टार्सबाट बिग ब्यास खेल्ने

115 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिजका युवा ब्याट्सम्यान तथा विकेटकिपर निकोलस पुरनले अर्को महिना देखि सुरुहुने अष्ट्रेलिया चर्चित टि२० प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) मा गत वर्षको उप विजेता मेलबर्न स्टार्सबाट खेल्ने भएका छन् ।

आक्रामक ब्याट्सम्यान पुरनले स्टार्ससँग सम्झौता गरेका छन् । तर अन्तर्राष्ट्रिय खेलमा ब्यस्त हुँदा पुरनले स्टार्सबाट ६ खेलमात्रै खेल्ने छन् । वेस्टइन्डिजका टि२० उपकप्तान पुरन हाल न्युजिल्यान्डमा छन् । न्युजिल्यान्डसँगको तीन २० खेलपछि उनी अष्ट्रेलिया आउने छन् । सिमित ओभरका बायाँ हाते ब्याट्सम्यान पुरन वेस्टइन्डिजको टेष्ट टोलीमा भने छैनन् । न्युजिल्यान्ड र वेस्टइन्डिजबीच तीन टि२० नोभेम्बर अन्तिम देखि सुरु हुने छ ।

मेलबर्न स्टार्सले यसअघिनै इंग्ल्यान्डका ओपनर तथा विकेटकिपर ब्याट्सम्यान जोनी बेयरस्टोसँग यस सिजनको बिबिएलको लागि सम्झौता गरि सकेको छ । यस सिजनमा मेलबर्न स्टार्सले गत वर्षका नेपाली लेग स्पिनर सन्दीप लामिछाने, पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफ, दिलबर हसनैन र दक्षिण अफ्रिका डेल स्टेनसँग सम्भौता नविकरण गरेको छैन ।

गतवर्ष उत्कृष्ट प्रर्दशन गरेका रौफसँग सम्झौता गर्न चाहेपनि पाकिस्तानको व्यस्त अन्तर्राष्ट्रिय खेलको कारण नगरेको बुझिएको छ । सन्दीप नयाँ टोलीबाट खेल्ने तयारीमा छन् । सन्दीपसँग भने यसवर्ष सम्झौता गर्न चाहेन ।

पुरनले स्टार्सका कप्तान ग्लेन म्याक्सवेलसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) किंग्स इलेभेन पन्जाबाट खेलेका थिए । आक्रामक ब्याटिङकासँगै उत्कृष्ट फिल्डिङका कारण उनको चर्चा निकै चल्यो । पुरनले यस आइपिएलमा १६९.७१ को स्ट्राइक रेटमा कुल ३ सय ५३ रन जोडेका थिए । जसमा खेलभर उनको फिल्डिङ क्षमताले अझै चर्चा पाएको थियो ।

स्टार्सले तेस्रो विदेशी खेलाडी सम्झौता अर्को हप्ता सार्वजनिक गर्नेछ । बिबिएल डिसेम्बर १० देखि सुरु हुने छ । फाइनल फेब्रुअरी ६ मा हुने छ ।

पुरनको करिअरबारे जानकारीमुलक लेख : डरलाग्दो दुर्घटना देखि फिल्डिङको ‘बेन्चमार्क’ सम्म

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.