4 years ago
November 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर एट क्रिकेट
प्रतियोगिता कोरोना महामारीको कारण यो वर्ष नहुने भएको छ ।
पारा ओलम्पियन खेलाडी स्वर्गिय जीतबहादुर खड्का को २०७२ को विनाशकारी भुकम्पमा परि मृत्यु भएको थियो । देशको नाम उच्च पारेका उनको नाम गुमनाम हुन नदिन यस अघिका तीन वर्षमा लगातार सफलता पूर्वक सम्पन्न गरेका आयोजक पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी थाङपाल गाउँपालिकाले कोरोनाको कारण यो वर्ष नगर्ने निर्णय गरेका हुन् ।
पाँचपोखरी क्रिकेट क्लबका संस्थापक अध्यक्ष विजय कुमार धितालले विश्वमै महामारीको रुप लिएको कोरोना भाइरस र सरकारले गतिविधि सुचारु गर्न नदिदा यो वर्ष स्थगित गर्ने निर्णय लिएको बताए । धितालले सरकारले खेलकुदका गतिविधि सुचारु गर्न स्वीकृति दिएको खण्ड र परिस्थिति सहज भएमा यहि वर्ष आयोजना गर्न सकिने पनि बताएका छन् ।
सिन्धुपाल्चोक जिल्लाका विभिन्न १२ टिमको सहभागीतामा रहने यस प्रतियोगितामा जिल्लामा प्रतिभा खेलाडी पहिचानमा ठूलो योगदान पुर्याउँदै आएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका र पाँचपोखरी क्रिकेट क्लबको संयुक्त आयोजनामा हुदै आएको पाँचपोखरी सुपर–८ क्रिकेट प्रतियोगिता गत वर्ष उपाधि श्रृखंला छिम्ती क्रिकेट क्लबले जितेको थियो ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ५ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]