default_image

4 years ago

November 11, 2020

सन्दीप स्वदेश फर्कदै

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यूएईमा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्समा सहभागिता जनाएर आज राती स्वदेश फर्कने भएका छन् ।

सन्दीप तीन महिनापछि स्वदेश फर्किन लागेका हुन् । सन्दीपको ब्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निल एनालिष्ट रमन शिवाकोटीका अनुसार आज राती नभए भोली बिहानसम्म नेपाल आइपुग्ने जानकारी दिए ।

झन्डै तीन साताको बसाई पछि बिग ब्यास लिग (बिबिएल) खेल्न सन्दीप अष्ट्रेलिया जाने छन् । सन्दीपले बिबिएलको सुरुवाती केहि खेल गुमाउने रमनले बताए । सन्दीपले कुन टोलीबाट बिबिएल खेल्ने भने अझैं टुङ्गो भने लागेको छैन ।

तर सम्झौताको भने अन्तिम चरणमा पुगेको बताइएको छ । यसअघि दुई संस्करण मेलबर्न स्टार्सबाट खेलेका सन्दीपको सम्झौता नविकरण नभएपछि नयाँ टोलीबाट खेल्ने छन् । बिबिएल डिसेम्बर १० देखि फेब्रुअरी ६ सम्म चल्ने छ ।

सन्दीप गत साउन १५ मा नेपालबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका थिए । जमैका तलावाजबाट सिपिएल खेलेका सन्दीपले १० खेलमा १२ विकेट लिएका थिए । सन्दीप सिपिएल खेलेर भदौ २९ मा संयुक्त अरब एमिरेट्स (यूएई) आइपिएल खेल्न पुगेका थिए ।

पिएलमा राम्रो प्रर्दशन गरेका सन्दीपले आइपिएलमा गत सिजन भन्दा बढी खेल्ने आशावादीका साथ यूएईमा दिल्लीको टोलीसँग जोडिएका थिए । तर दिल्लीले सन्दीपलाई यस सिजनमा कुनैपनि खेलमा मौका दिएन ।

उप विजेता बनेको दिल्लीले कुल १७ खेल खेल्दा सन्दीपलाई पूरै खेलमा प्लेइङ ११ बाहिर राखेको थियो । दिल्ली मंगलबार भएको फाइनलमा मुम्बईसँग ५ विकेटले पराजित भएको थियो ।

सन्दीपलाई नोभेम्बर २६ देखि डिसेम्बर १६ सम्म श्रीलंकामा हुने लंका प्रिमियर लिग (एलपिएल) मा एक टोलीले खेल्न प्रस्ताव राखेको बुझिएको छ । ड्राफ्टमा अनुबन्ध नभएका सन्दीप अष्ट्रेलियामा हुने बिबिएलको कारण एलपिएल नखेल्ने निर्णय लिएको रमन बताउँछन् ।

एलपिएलमा आन्द्रे रसेल, डेविड मलान, डेभिड मिलर र फाफ डु प्लेसिसले नाम फिर्ता लिएपछि सन्दीपको सम्भावना बढेको थियो ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.