default_image

4 years ago

November 11, 2020

आइपिएलमा कुन खेलाडीलाई के अवार्ड ? (सम्पूर्ण जानकारी )

130 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को मष्ट भ्यालुएबल अवार्ड राजस्थान रोयल्सका तीव्र गतिका बलर जोफ्रा आर्चरले प्राप्त गरेका छन् ।

राजस्थान रोयल्स लिग चरणबाटै बाहिरिएपनि उनले उच्च प्रर्दशन गरेका थिए । १४ खेलमा २० विकेट लिएका आर्चरले १ सय ७५ बल डट राख्दा पाँच क्याच लिएका थिए । उनले कुल १ सय १३ रन बनाएका थिए । जसमा १० छक्का सामेल थियो । आइपिएल इतिहासमा पहिलो पटक लिग चरणबाटै बाहिरिने टोलीका खेलाडीले मोष्ट भ्यालुएबल अवार्ड प्राप्त गरेका हुन् ।

आइपिएल २०२० को पर्पल क्याप दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर कागिसो रबाडाले पाएका छन् । रबाडाले १७ खेलमा ३० विकेट लिदै पर्पल क्याप जितेका छन् । ओरेन्ज क्याप किंग्स इलेभेन

पन्जाबका कप्तान तथा विकेटकिपर ब्याट्सम्यान लोकेश राहुलले जितेका छन् । राहुलले १४ खेलमा १ शतक र पाँच अर्ध शतक सहित कुल ६ सय ७० रन बनाएका थिए । राहुलले गेम चेन्जर अवार्ड पनि प्राप्त गरेका छन् ।

पावर प्ले अवार्ड मुम्बईका ट्रेन्ट बोल्टले जिते । सबै अवार्डको धनराषि समान १० लाख भारतीय रुपैयाँ थियो ।

रोयल च्यालेन्जर्स बेंगलोरका युवा ओपनर ब्याट्सम्यान देवदत्त पाडिक्क इमर्जिङ प्लेयर अफ द अवार्ड घोषित भएका छन् । पाडिक्कलले १५ खेलमा पाँच अर्ध शतक सहित कुल ४ सय ७३ रन बनाए ।

सर्वाधिक छक्का मुम्बईका ईशान किशनले जितेका छन् । उनले कुल ३० छक्का प्रहार गरेका थिए ।

सुपर स्ट्राइक रेट काइरन पोलार्डले जितेका छन् । उनको जारी सिजनमा १९१.४२ स्ट्राइक रेट रह्यो ।

यो पनि : मुम्बईलाई आइपिएल उपाधि

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.