4 years ago
November 11, 2020
एजेन्सी – राजस्थान रोयल्सका तीव्र गतिका बलर जोफ्रा आर्चर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा मोष्ट भ्यालुवल खेलाडी घोषित भएका छन् । यस्तै सर्वाधिक रन जोड्दै पन्जाबका कप्तान केएल राहुलले ओरेन्ज क्याप तथा सर्वाधिक विकेट लिएका दिल्ली क्यापिटल्सका कागीसो रबाडाले पर्पल क्याप हात पारे ।
राजस्थान आइपिएलमा लिग चरणबाटै बाहिरिएपनि आर्चरले उत्कृष्ट प्रर्दशन गरेका थिए । १४ खेलमा २० विकेट लिएका आर्चरले १ सय ७५ बल डट राख्दा पाँच क्याच लिएका थिए । उनले कुल १ सय १३ रन बनाएका थिए । जसमा १० छक्का सामेल रहेको थियो । आर्चरले कुल १० लाख भारतीय रुपैयाँ पाउनुको साथै ट्रफी पनि प्राप्त गरेका छन् ।
रबाडालाई पर्पल क्याप
दिल्लीलाई फाइनल सम्म पुर्याउन उत्कृष्ट योगदान दिएका दक्षिण अफ्रिकी युवा तीव्र गतिका बलर रबाडा सर्वाधिक विकेट लिदै पर्पल क्याप जितेका हुन् । कागिसो रबाडाले १७ खेलमा ६५.४ ओभरमा ५ सय ४८ रन खर्चेर कुल ३० विकेट लिए । उत्कृष्ट प्रर्दशन ४–२४ को रहँदा इकोनमी ८.३७ को रह्यो ।
रबाडाले मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जस्प्रित बुमराहलाई पछि पार्दै पर्पल क्याप जित्न सफल भएका हुन् । जस्प्रित बुमराहले १५ खेलमा २७ र ट्रेन्ट बोल्टले २५ विकेट लिदै दोस्रो र तेस्रो स्थानमा रहे ।
दिल्लीका एनरिच नोर्किया १६ खेलमा २२ विकेटका साथ चौथो स्थानमा रहे । युजभेन्द्र चहल २१, मोहम्मद शामी, राशिद खान र जोफ्रा आर्चरले २०–२० विकेट लिए । रबाडाले १० लाख भारतीय रुपैयाँ र ट्रफी हात पारे ।
राहुललाई ओरेन्ज क्याप
पन्जाब लिग चरणबाटै बाहिरिएपनि आइपिएल २०२० मा राहुलले १४ खेलमा ६ सय ७० रन बनाउँदै ओरेन्ज क्याप जितेका हुन् । राहुलले १० लाख भारतीय रुपैयाँ र ट्रफी जितेका हुन् । त्यस्तै राहुलले यस सिजनको गेम चेन्जर अवार्ड पनि जितेका छन् । उनले कुल १० लाख भारतीय रुपैयाँ प्राप्त गरेका हुन् ।
कुल १४ खेलमा उनले एक शतक र पाँच अर्ध शतक सहित ५५.८३ औं औसतमा कुल ६ सय ७० रन जोडेका थिए । स्ट्राइक रेट १२९ को हुँदा कुल ५८ चौका र २३ छक्का प्रहार गरे । राहुलले लिग चरणको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १ सय ३२ रनको अविजित उत्कृष्ट इनिङ खेलेका थिए ।
यस आइपिएलमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी दिल्लीका ओपनर शिखर धवन बने । धवनले १७ खेलमा २ शतक र ४ अर्ध शतक सहित कुल ६ सय १८ रन बनाए । तेस्रो स्थानमा सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर रहे । वार्नरले ५ सय ४८ रन बनाए ।
चौथो स्थानमा दिल्लीका कप्तान श्रेयस ऐर रहे । ऐरले १७ खेलमा ५ सय १९ रन बनाए । पाँचौ स्थानमा रहेका मुम्बईका युवा ब्याट्सम्यान ईशन किशनले १५ खेलमा ५ सय १६ र क्विन्टन डी कक ५ सय ३ रन बनाए ।
यो पनि पढ्नुहोस : मुम्बईलाई आइपिएल उपाधि
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]