default_image

4 years ago

November 10, 2020

आइपिएल फाइनल : दिल्लीले टस जितेर पहिला ब्याटिङ गर्दै

102 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ रोज्ने निर्णय लिएका हुन् । दिल्लीले आज टोलीमा परिवर्तन गरेको छैन । यसअघि सनराइजर्स हैदराबादसँगको खेलमा खेलेका खेलाडीलाई निरन्तरता दिएको छ ।

मुम्बईले टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर राहुल चाहर घाइते हुँदा जयन्त यादवले मौका पाएका छन् । यसले मुम्बईको स्पिन आक्रामण केहि कमजोर हुन सक्छ ।

मुम्बईका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट दिल्लीसँगको खेलको क्रममा घाइते हुन पुगेका थिए । तर उनी फाइनलका लागि फिट छन् ।

चार पटकको च्याम्पियन मुम्बई पाँचौ उपाधि जित्ने सोचमा छ । समग्रमा मुम्बईले छैटौं आइपिएल फाइनल खेल्दै छ । मुम्बईले खेलेका पछिल्ला चार आइपिएल फाइनलमा पराजित हुनु परेको छैन । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो ।

सन् २०१० मा चेन्नई सुपर किंग्ससँग फाइनलमा पराजित भएको थियो । चारै उपाधि रोहितको कप्तानीमा मुम्बईले जितेको हो । चार पटकको च्याम्पियन मुम्बईलाई हराउँदै दिल्ली पनि पहिलो फाइनलमै उपाधि जित्ने सोचमा छ ।

लिग चरणमा मुम्बई शीर्ष र दिल्ली दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेका थिए । लिग चरणको दुबै खेलमा दिल्ली मुम्बईसँग ५ विकेट र ९ विकेटले पराजित भएको थियो । मुम्बईले दिल्लीलाई पहिलो क्वालिफायरमा ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । दिल्लीले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

दिल्लीको प्लेइङ ११ : प्रविन दुबे, शिखर धवन, अजिंक्या रहाणे, श्रेयस ऐर (कप्तान), ऋषभ पन्त (विकेटकिपर), मार्कस स्टोइनिस, अक्षर पटेल, शिम्रन हेटमायर, रविचन्द्रन आश्विन, कागिसो रबाडा र एनरिच नोर्किया

मुम्बईको प्लेइङ ११ : रोहित शर्मा (कप्तान), क्विन्टन डी कक (विकेटकिपर), सूर्यकुमार यादव, ईशान किशन, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, काइरन पोलार्ड, नाथन कुल्टर नाइल, ट्रेन्ट बोल्ट, जयन्त यादव र जस्प्रित बुमराह

यो पनि पढ्नुहोस : रबाडा दुर्लभ कीर्तिमान नजिक

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.