4 years ago
November 10, 2020
एजेन्सी – दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर कागिसो रबाडा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० का नयाँ इतिहास नजिक छन् ।
फाइनल खेलमा मंगलबार राती दक्षिण अफ्रिकी रबाडाले चार विकेट लिन सकेको खण्डमा दुर्लभ कीर्तिमान आइपिएलमा रच्ने छन् । डेथ ओभर स्पेलिष्ट रबाडाले जारी सिजनमा १६ खेलमा २९ विकेट लिएका छन् । रबाडाले आजको खेलमा चार विकेट लिन सकेको खण्डमा कुल ३३ विकेट लिने छन् । जुन आइपिएल इतिहासमा एकै सिजनमा एक खेलाडीले लिएको सर्वाधिक विकेट संख्या हुनेछ ।
आइपिएलमा एकै संस्करणमा सर्वाधिक विकेट लिने कीर्तिमान चेन्नई सुपर किंग्सका अलराउन्डर ड्वेन ब्राभोको नाममा छ । वेस्टइन्डिजका ब्राभोले सन् २०१३ को आइपिएलमा १८ खेलमा कुल ३२ विकेट लिएका थिए ।
रबाडापछि एकै सिजनमा सर्वाधिक विकेट लिने तेस्रो खेलाडी श्रीलंका तथा मुम्बई इन्डियका तीव्र गतिका बलर लासिथ मलिङ्गाको नाममा छ । मलिङ्गाले सन् २०११ को आइपिएलमा मुम्बईबाट १६ खेलमा २८ विकेट लिएका थिए । अष्ट्रेलिया जेम्स फाल्कनरले सन् २०१३ को आइपिएलमा राजस्थान रोयल्सबाट १६ खेलमा २८ विकेट लिएका थिए ।
जस्प्रित बुमराहले जारी आइपिएलमा २७ विकेट लिइसकेका छन् । बुमराह र रबाडाबीचको प्रर्दशनले आज पर्पल क्यापको निर्धारण गर्ने छ । हालसम्म रबाडाले २ विकेट लिदै पर्पल क्पाप आफ्ना नाममा बनाउन बलियो अग्रता लिएका छन् । फाइनलमा उच्च प्रर्दशन गर्दा पर्पल क्याप जित्नुको साथै कीर्तिमान पनि रोज्ने अवसर रबाडा सामु रहेको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]