default_image

4 years ago

November 10, 2020

आइपिएल फाइनल : दिल्ली र मुम्बईको सम्भावित प्लेइङ ११

101 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ः४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

चार पटकको च्याम्पियन मुम्बई पाँचौ उपाधि जित्ने सोचमा हुने छ । समग्रमा मुम्बईले छैटौं आइपिएल फाइनल खेल्दै छ । मुम्बईले खेलेका पछिल्ला चार आइपिएल फाइनलमा पराजित हुनु परेको छैन । चार पटकको च्याम्पियन मुम्बईलाई हराउँदै दिल्ली पनि पहिलो फाइनलमै उपाधि जित्ने सोचका साथ मैदान प्रवेश गर्ने छ ।

लिग चरणमा मुम्बई शीर्ष र दिल्ली दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेका थिए । लिग चरणको दुबै खेलमा दिल्ली मुम्बईसँग ५ विकेट र ९ विकेटले पराजित भएको थियो । मुम्बईले दिल्लीलाई पहिलो क्वालिफायरमा ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । दिल्लीले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

पछिल्ला खेलमा दुबै टोली उत्कृष्ट जितका साथ फाइनलमा स्थान बनाएका छन् । जसको कारण टोलीमा परिवर्तनको सम्भावना कम छ । अर्कोतर्फ फाइनल खेलमा दबाब पनि बढी हुने गर्दछ । त्यसैले उक्त दबाबमा सम्हालिएर प्रर्दशन गर्न सक्ने खेलाडीलाईनै प्राथमिकतामा राख्ने छन् ।

मुम्बईका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट दिल्लीसँगको खेलको क्रममा घाइते हुन पुगेका थिए । उनी टोलीमा उपलब्ध हुन नसके मुम्बईलाई ठूलो धक्का लाग्ने छ । नयाँ बलका साथ पावर प्लेमा उत्कृष्ट प्रर्दशनका साथ २२ विकेट लिएका बोल्ट उपलब्ध नभए जेम्स प्याटिनसनलाई मौका दिने छ । क्रुनाल पान्ड्या बाहेक अन्यको प्रर्दशन राम्रो रहँदै आएको छ । क्रुनाललाई मुम्बईले पहिलो रोजाईमै उतार्ने छ ।

त्यस्तै नाथन कुल्टर नाइलको स्थानमा प्याटिनसनलाई मौका दिन सक्छ । पछिल्लो खेलमा नाइलले ४ ओभरमा २७ रन खर्चिदा विकेट बिहिनबनेका थिए । बोल्ट फिट नभएको अवस्थामा भने नाइल र प्याटिनसन दुबैलाई खेलाउने छ ।

यता दिल्लीले लेग स्पिनर प्रविन दुबेको स्थानमा तीव्र गतिका बलर हर्षल पटेललाई मौका दिने छ । दिल्ली अलराउन्डर मार्कस स्टोइनिसलाई छोडेर प्रमुख तीन तीब्र गतिका बलरका साथ मैदान उर्तने सम्भावना देखिन्छ । दुबेले पछिल्लो खेलमा सनराइजर्स हैदराबादविरुद्ध क्वालिफायरमा २ ओभरमा १४ रन खर्चिदा विकेट लिन सकेका थिएनन् ।

दिल्लीमा अन्य परिवर्तनको सम्भावना भने देखिदैन । नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्लीको प्लेइङ ११ को रणनीतिमा पर्ने कुनै सम्भावना देखिदैन । यसअघिका सबै खेलमा सन्दीप बेन्चमा बस्दै आएका छन् ।

दिल्लीको प्लेइङ ११ : हर्षल पटेल, शिखर धवन, अजिंक्या रहाणे, श्रेयस ऐर (कप्तान), ऋषभ पन्त (विकेटकिपर), मार्कस स्टोइनिस, अक्षर पटेल, शिम्रन हेटमायर, रविचन्द्रन आश्विन, कागिसो रबाडा र एनरिच नोर्किया

मुम्बईको प्लेइङ ११ : रोहित शर्मा (कप्तान), क्विन्टन डी कक (विकेटकिपर), सूर्यकुमार यादव, ईशान किशन, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, काइरन पोलार्ड, जेम्स प्याटिनसन, ट्रेन्ट बोल्ट, राहुल चहर र जस्प्रित बुमराह

यो पनि पढ्नुहोस :

आइपिएलमा सर्वोत्कृष्ट खेलाडीका दाबेदार चार खेलाडी

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.