default_image

4 years ago

November 10, 2020

आइपिएलमा सर्वोत्कृष्ट खेलाडीका दाबेदार चार खेलाडी

134 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । उक्त फाइनलको नतिजाले व्यक्तिगत अवार्डमा धेरै प्रभाव पार्नेछ ।

आइपिएलमा थुप्रै ब्यक्तिगत अवार्डहरु छन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी अवार्ड सबैभन्दा प्रतिष्ठित मानिन्छ । आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडीले ओरेन्ज क्याप प्राप्त गर्ने छन् । सर्वाधिक विकेट लिने खेलाडीले पर्पल क्याप प्राप्त गर्ने छन् ।

आइपिएलमा सर्वोत्कृष्ट खेलाडी पूरा प्रतियोगिता भरको प्रर्दशनलाई हेरेर प्रदान गरिने छ । जसमा यस सिजनमा ब्याट्सम्यान भन्दा बलरको सम्भावना बढी देखिन्छ । अलराउन्डरतर्फ एक खेलाडी दाबेदारका रुपमा छन् । समग्रमा आइपिएल २०२० मा सर्वोत्कृष्ट खेलाडीका दाबेदार ४ खेलाडीहरु यस प्रकार छन् ।

४. शिखर धवन (दिल्ली)

दिल्ली क्यापिटल्सका ओपनर ब्याट्सम्यान शिखर धवन जारी आइपिएलमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । ओरेन्ज क्यापको दाबेदारको रुपमा किंग्स इलेभेन पन्जाबका कप्तान लोकेश राहुललाई पछ्याई रहेका धवनले कुल १६ खेलमा ६ सय ३ रन बनाएका छन् ।

राहुलले १४ खेलमा ६ सय ७० रन बनाएका छन् । धवनले ४ अर्ध शतक र दुई शतक प्रहार गरेका छन् । दिल्लीलाई पहिलो पटक फाइनलमा पुर्याउन अहम भूमिका निर्वाह गरेका धवन सर्वोत्कृष्ट खेलाडीका दाबेदार देखिन्छन् ।

३.जस्प्रित बुमराह (मुम्बई)

मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जस्प्रित बुमराह पनि सर्वोत्कृष्ट खेलाडीका एक दाबेदार हुन् । उनले १४ खेलमा ५६ ओभर बलिङ गर्दै कुल ३ सय ७६ रन खर्चेर २७ विकेट लिएका छन् । जुन कुनै पनि भारतीय बलरले एकै सिजनमा आइपिएलमा लिएको सर्वाधिक विकेट सङ्ख्या पर्दछ । उत्कृष्ट प्रर्दशन ४–१४ छ । इकोनमी ६.७१ छ ।

मुम्बईको जितमा नायक बन्दै आएका बुमराह सर्वोत्कृष्ट खेलाडीको एक बलिया दाबेदारको रुपमा हेरिएको छ । मुम्बईलाई शीर्षस्थानमा रहँदै फाइनल सम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गरेका बुमराह पर्पल क्याप जित्न पनि फाइनलमा उच्च प्रर्दशन गर्न चाहन्छन् ।

२. कागिसो रबाडा (दिल्ली)

दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर कागिसो रबाडा सर्वोत्कृष्ट खेलाडीका प्रमुख दाबेदार खेलाडी मध्यका एक हुन् । उनले १६ खेलमा ६२.४ ओभर बलिङ गर्दै ५ सय १६ रन खर्चेर कुुल २९ विकेट लिएका छन् । जसमा उत्कृष्ट प्रर्दशन ४–२४ छ ।

दिल्लीका प्रमुख हतियार उनी जितमा नायक बन्दै आएका छन् । उनको उच्च प्रर्दशन विना दिल्लीलाई उपाधि जित्न कठिन पनि बन्ने देखिन्छ । दिल्लीलाई पहिलो पटक फाइनलमा पुर्याउन रबाडाको योगदान महत्वपूर्ण छ ।

१. मार्कस स्टोइनिस (दिल्ली)

दिल्लीका अलराउन्डर मार्कस स्टोइनिस सर्वोत्कृष्ट खेलाडीका प्रमुख दाबेदार हुन् । स्टोइनिसले ब्याट र बल दुबैमा उच्च प्रर्दशन गर्दै आएका छन् । उनले १६ खेलमा १२ विकेट लिदा ३ सय ५२ रन बनाएका छन् ।

दिल्लीलाई पहिलो पटक फाइनलमा पुर्याउन उत्कृष्ट योगदान दिएका स्टोइनिस सर्वोत्कृष्ट खेलाडीका दाबेदारको रुपमा हेरिएको छ । मुम्बईविरुद्ध उनको प्रर्दशनले अझ प्रभाव पार्नेछ ।

यो पनि : पहिलो उपाधि जित्न दिल्लीका भरपर्दा चार खेलाडी

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.