default_image

4 years ago

November 10, 2020

आइपिएल फाइनल : मुम्बई र दिल्लीबीचको हेड टु हेड

116 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा आज मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

पहिलो पटक आइपिएलको फाइनलमा पुगेको दिल्ली चार पटकको च्याम्पियन मुम्बईलाई हराउँदै उपाधि जित्ने सोचमा छ । यसअघि जारी सिजनमा दिल्लीलाई तीनै खेलमा पराजित गरेको मुम्बई लगातार चौथो जितका साथ पाँचौ उपाधि जित्न चाहन्छ । मुम्बई क्वालिफायरमा दिल्लीलाई ५७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

दिल्लीले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै पहिलो पटक फाइनलमा स्थान पक्का गरेको हो । लिग चरणमा मुम्बई शीर्ष र दिल्ली दोस्रो स्थानमा रहँदै प्ले अफ खेलेका थिए । लिग चरणको पहिलो खेलमा मुम्बईले दिल्लीलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा दिल्ली मुम्बईसँग ९ विकेटले पराजित भएको थियो ।

फाइनलमा यी दुई टोलीबीच आज कडा प्रतिस्पर्धा आशा गरिएको छ । आइपिएलमा हालसम्म दिल्ली र मुम्बईबीच कुल २७ खेल भएको छ । दिल्ली १२ खेलमा विजयी हुँदा १५ खेलमा पराजित भएको छ । दिल्लीले मुम्बईविरुद्ध हालसम्म बनाएको उच्च योगफल २ सय १३ रन र सबैभन्दा कम ६६ रन छ । मुम्बईले दिल्लीविरुद्ध बनाएको सबैभन्दा उच्च योगफल २ सय १८ रहँदा कम ९२ रन छ । दिल्ली र मुम्बईबीचको हालसम्मको नतिजा छोटकरीमा यस प्रकार छ ।

सन् २०२० नतिजा

मुम्बई २००-५ (२०), दिल्ली १४३-८ २० ओभर, मुम्बई ५७ रनले विजयी

दिल्ली १६२–४ (२०), मुम्बई १६६–५ (१९.४), मुम्बई ५ विकेटले विजयी

दिल्ली ११०–९ (२०), मुम्बई १११–१ (१४.२), मुम्बई ९ विकेटले विजयी

२०१९ : दिल्ली ३७ रनले विजयी, मुम्बई ४० रनले विजयी

२०१८ : दिल्ली ७ विकेट र ११ रनले विजयी

२०१७ : मुम्बई १४ रन र १ सय ४६ रनले विजयी

२०१६ : दिल्ली १० रनले विजयी, मुम्बई ८० रनले विजयी

२०१५ : दिल्ली ३७ रनले विजयी, मुम्बई ५ विकेटले विजयी

२०१४ : दिल्ली ६ विकेटले विजयी, मुम्बई १५ रनले विजयी

२०१३ : मुम्बई ४४ रनले विजयी, दिल्ली ९ विकेटले विजयी

२०१२ : दिल्ली ७ विकेट र ३७ रनले विजयी

२०११ : मुम्बई ८ विकेट र ३२ रनले विजयी

२०१० : मुम्बई ९८ रन र ३९ रनले विजयी

२००९ : दिल्लीको ७ विकेट र ४ विकेटले जित

२००८ : मुम्बई २९ रनले विजयी, दिल्ली ५ विकेटले विजयी

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.