4 years ago
November 10, 2020
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा आज मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुने उक्त फाइनलमा दिल्ली पहिलो पटक उपाधि जित्न चाहन्छ ।
पहिलो पटक आइपिएलको फाइनलमा पुगेको दिल्ली चार पटकको च्याम्पियन मुम्बईलाई हराउँदै उपाधि जित्ने सोचमा छ । यस अघि जारी सिजनमा दिल्लीलाई तीनै खेलमा पराजित गरेको मुम्बई चौथो जितका साथ उपाधि जित्ने सोचमा हुने छ । मुम्बई क्वालिफायरमा दिल्लीलाई ५७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
दिल्लीले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै पहिलो पटक फाइनलमा स्थान पक्का गरेको हो । लिग चरणमा मुम्बई शीर्ष र दिल्ली दोस्रो स्थानमा रहँदै प्ले अफमा स्थान पक्का गरेका हुन् । टोली जतिसुकै बलियो भएपनि मैदानमा उक्त खेलको क्रममा राम्रो प्रर्दशन गर्न सकेन भने जित निकाल्न सक्दैन । यी पाँच खेलाडी जसको उत्कृष्ट प्रर्दशनमा दिल्लीले सहजै उपाधि जित्न सक्छ
४. रविचन्द्रन आश्विन (स्पिनर)
रविचन्द्रन आश्विन दिल्लीका प्रमुख स्पिनर हुन् । उनीले जारी आइपिएलमा १३ विकेट लिएका छन् । दुबईको बाउन्ड्री ठूलो हुँदा स्पिनरहरुको प्रर्दशन निकै महत्वपूर्ण हुने छ । क्वालिफायरमा मुम्बईविरुद्ध आश्विनले २९ रन खर्चेर ३ विकेट लिएका थिए ।
अनुभवी आश्विनले फाइनलको दबाबमा आफ्नो अनुभवको फाइदा पनि उठाउन सक्छन् । राम्रो प्रर्दशन गरेको खण्डमा मध्यक्रममा मुम्बईका ब्याट्सम्यान दबाबमा पर्ने हुँदा अन्य बलरलाई पनि विकेट लिन सहज हुन सक्छ ।
३. शिखर धवन (ओपनर)
ओपनर शिखर धवन जारी आइपिएलमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । धवनले १६ खेलमा २ शतक र ४ अर्ध शतक सहित कुल ६ सय ३ रन बनाएका छन् । उनले राम्रो प्रर्दशन गर्दा दिल्लीले सहज जित निकाल्दै आएको छ ।
पछिल्लो खेलमा हैदराबादविरुद्ध धवनले ७८ रनको इनिङ खेलेका थिए । सुरुवात उत्कृष्ट हुँदा मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानलाई पनि खेल्न सहज हुन्छ । त्यसैले धवनले आजको खेलमा आफ्नो लयलाई निरन्तरता दिन सके दिल्लीले पहिलो उपाधि जित्न सक्छ ।
२. मार्कस स्टोइनिस (अलराउन्डर)
अष्ट्रेलिया अलराउन्डर मार्कस स्टोइनिसले जारी सिजनको आइपिएलमा ब्याट र बल दुबैमा उच्च प्रर्दशन गर्दै आएका छन् । पछिल्लो खेलमा हैदराबादविरुद्ध ३८ रन जोड्नुको साथै ३ विकेट लिदै प्लेयर अफ द म्याच चुनिएका स्टोइनिसको उच्च प्रर्दशन विना दिल्लीको जित कठिन पर्ने देखिन्छ । उनले आजको खेलमा ओपनिङ गर्ने छन् ।
दिल्ली उत्कृष्ट सुरुवात चाहन्छ । प्रमुख बलर चल्न नसकेको खण्डमा सबैभन्दा राम्रो र भरपर्दा विकल्प पनि स्टोइनिसनै हुन् । स्टोइनिसको उच्च प्रर्दशनमा दिल्लीले सहज जित हात पार्न सक्छ । स्टोइनिसले ३ सय ५२ रन बनाउनुको साथै १२ विकेट लिएका छन् ।
१. कागिसो रबाडा (बलर)
तीव्र गतिका बलर कागिसो रबाडा दिल्लीका प्रमुख हतियार हुन् । उनले जारी सिजनमा १६ खेलमा २९ विकेट लिएका छन् । पछिल्लो खेलमा हैदराबादविरुद्ध ४ विकेट लिएका रबाडाको उच्च प्रर्दशन विना दिल्लीको जित कठिन देखिन्छ ।
मुम्बईका तल्लोक्रममा हार्दिक पान्ड्या र काइरन पोलार्ड जस्ता आक्रामक ब्याट्सम्यान हुँदा उनलाई रोेक्न रबाडाको प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]