default_image

4 years ago

November 10, 2020

आइपिएल फाइनलमा दिल्ली र मुम्बई भिड्दै

113 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को फाइनलमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७:४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

चार पटकको च्याम्पियन मुम्बई दिल्लीलाई हराउँदै पाँचौ पटक उपाधि जित्न चाहन्छ । चार पटकको च्याम्पियन मुम्बईलाई हराउँदै दिल्ली पनि पहिलो फाइनलमै उपाधि जित्दै इतिहास रच्न चाहन्छ । लिग चरणमा मुम्बई शीर्ष र दिल्ली दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेका थिए ।

मुम्बईले दिल्लीलाई क्वालिफायरमा ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । दिल्लीले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । चार पटकको च्याम्पियन मुम्बई र पहिलो पटक फाइनलमा पुगेको दिल्लीबीचको प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ ।

मुम्बईले लिग चरणमा दिल्लीलाई ९ विकेट र ५ विकेटले पराजित गरेको थियो । जारी सिजनमा तीन पटक यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दिल्लीले जित हात पार्न सकेको छैन । दिल्ली उक्त हारको बदला फाइनलमा लिन चाहन्छ । मुम्बईले यस अघिको जितलाई निरन्तरता दिदै पाँचौ उपाधि जित्न खोज्ने छ ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । सन् २०१० मा चेन्नई सुपर किंग्ससँग फाइनलमा पराजित भएको थियो । दिल्लीका अलराउन्डर मार्कस स्टोइनिस, तीव्र गतिका बलर कागिसो रबाडा र शिखर धवन प्रमुख हतियार हुन् । मुम्बईका तीव्र गतिका बलर जस्प्रित बुमराह, क्विन्टन डी कक र हार्दिक पान्ड्या प्रमुख हतियार हुन् ।

दिल्लीलाई ओपनरमा मार्कस स्टोइनिस र शिखर धवनलाई निरन्तरता दिने छ । यी दुई ब्याट्सम्यान राम्रो लयमा हुँदा उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । पछिल्लो खेलमा हैदराबादविरुद्ध ८९ रनको साझेदारी गरेका यी दुई ओपनरबाट दिल्ली उत्कृष्ट प्रर्दशन चाहन्छ । उत्कृष्ट प्रर्दशन र साझेदारी विना उपाधि पनि कठिन देखिन्छ ।

क्वालिफायरमा स्टोइनिसले मुम्बईविरुद्ध ६५ रनको उत्कृष्ट इनिङ खेलेका थिए । दिल्ली स्टोइनिसबाट त्यस्तै प्रर्दशन चाहन्छ । कप्तान श्रेयस ऐर, अजिंक्या रहाणे र विकेटकिपर ऋषभ पन्तले संघर्ष गरि रहेका छन् । यी तीन ब्याट्सम्यानलाई मध्यक्रममा उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ । यी तीन ब्याट्सम्यानको उच्च प्रर्दशन विना दिल्लीलाई उपाधि जित्न कठिन देखिन्छ ।

पछिल्लो खेलमा शिम्रन हेटमायर २२ बलमा ४२ रनमा अविजित रहेका थिए । हेटमारबाट उत्कृष्ट अन्त्य चाहन्छ । तल्लोक्रममा अक्षर पटेलबाट पनि दिल्ली उत्कृष्ट ब्याटिङ चाहन्छ । दुबईको बाउन्ड्री ठूलो हुँदा स्पिनरको प्रर्दशन निकै महत्वपूर्ण हुने छ । आश्विनले क्वालिफायरमा मुम्बईविरुद्ध ३ विकेट लिएका थिए । आश्विन र अक्षरलाई उत्कृष्ट प्रर्दशनको आवश्यक देखिन्छ ।

तीव्र गतिका बलर कागिसो रबाडाको प्रर्दशन दिल्लीलाई निकै महत्वपूर्ण हुने छ । जारी सिजनमा १६ खेलमा २९ विकेट लिएका रबाडाको उच्च प्रर्दशन विना जित कठिन पर्न सक्छ । एनरिच नोकियालाई पनि उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । स्पिनर प्रविन दुबेको स्थानमा हर्षल पटेललाई मौका दिन सक्छ ।

जारी सिजनमा दिल्लीसँग अपराजित मुम्बईको मनोबल उच्च छ । मुम्बईका खेलाडी पनि राम्रो लयमा छन् । ओपनर तथा विकेटकिपर क्विन्टन डी कक, ईशान किशन, सूर्यकुमार यादवले लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । यी तीन खेलाडीबाट मुम्बई त्यस्तै उत्कृष्ट प्रर्दशन चाहन्छ ।

पछिल्लो खेलमा दिल्लीविरुद्ध गोल्डेन डग आउट भएका कप्तान रोहित शर्माबाट भने उत्कृष्ट प्रर्दशन चाहन्छ । दिल्लीविद्ध क्वालिफायरमा १४ बलमा ५ छक्का सहित ३७ रनमा अविजित रहेका हार्दिक पान्ड्या मुम्बईका प्रमुख हतियार हुन् । अर्का अलराउन्डर काइरन पोलार्ड पनि उच्च लयमा छन् । क्रुनाल पान्ड्याको खराब लय मुम्बईलाई चिन्ताको विषय हो ।

बलिङमा जस्प्रित बुमराह र ट्रेन्ट बोल्टको जोडीले उच्च प्रर्दशन गरेका छन् । बुमराहले १४ खेलमा २७ विकेट लिएका छन् । पर्पल क्याप जित्न उनलाई उच्च प्रर्दशन गर्नु पर्ने हुन्छ । पछिल्लो खेलमा उनले दिल्लीविरुद्ध ४ ओभरमा १ मेडन १४ रन खर्चेर ४ विकेट लिएका थिए । बुमराह देखि दिल्ली सहज रहन खोज्ने छ ।

बोल्ट दिल्लीसँगको खेलमा घाइते हुन पुगेका थिए । उनी आजको खेलमा फिट नभएको खण्डमा मुम्बईलाई ठूलो धक्का लाग्ने छ । तेस्रो तीव्र गतिको बलरको रुपमा खेलि रहेका जेम्स प्याटिनसन र नाथन कुल्टर नाइलको प्रर्दशन कमजोर छ । स्पिनर राहुल चहरले राम्रो प्रर्दशन गरि रहँदा क्रुनालको प्रर्दशन पनि कमजोर छ । आइपिएलमा यी दुई टोलीबीच कुल २७ खेल भएको छ । जसमा मुम्बई १५ खेलमा विजयी हुँदा १२ खेलमा पराजित हुन पुगेको छ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.