default_image

4 years ago

November 9, 2020

ट्रेलब्लेजर्सलाई वुमन्स टि२० च्यालेन्ज उपाधि

108 views

0 Bookmark

एजेन्सी – भारतीय महिला क्रिकेट टोलीकी ओपनर स्मृती मन्धानाको कप्तानी प्रदर्शनसँगै ट्रेलब्लेजर्सले वुमन्स टि२० च्यालेन्ज २०२० को उपाधि जितेको छ ।

सोमबार राती सम्पन्न फाइनल खेलमा सुपरनोभाजलाई १६ रनले पराजित गर्दै ट्रेलब्लेजर्स च्याम्पियन बनेको हो । जितका लागि १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको सुपरनोभाजले २० ओभरमा ७ विकेट गुमाउँदै १ रन २ बनायो । सुपरनोभाजकी कप्तानी हरमनप्रीत कौरले सर्वाधिक ३० रनको योगदान दिइन् ।

सलमान खातुनले १९ औं ओभरको दोस्रो बलमा बोल्ड आउट गर्नुअघि उनले ३६ बलमा २ चौका प्रहार गरिन् । ओपनर चामरी अथपाथु ६, जेमिमाह रोड्रिग्स १३, टानिया भाटिया १४ र शषिकाला श्रीवर्दने १९ रनमा आउट भइन् । ट्रेलब्लेजर्सकी स्पिनर सलमान खातुनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइन् । दीप्ति शर्माले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन् ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको ट्रेलब्लेजर्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १८ रन बनाएको थियो । ट्रेलब्लेजर्सको लागि कप्तान तथा ओपनर स्मृती मन्धानाले ४९ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६८ रनको योगदान दिईन् ।

अर्की ओपनर डिन्द्रा डोल्टिन २०, रिचा घोष १० र दीप्ति शर्मा ९ रनमा आउट भए । सुपरनोवासकी राधा यादवले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । वुमन्स टि२० च्यालेन्जमा पाँच विकेट लिने उनी पहिलो खेलाडी हुन् । पुनम यादव र शषिकला श्रीवर्दनेले एक एक विकेट लिइन् ।

नोभेम्बर ४ देखि सुरु भएको वुमन्स टि२० च्यालेन्ज लिगमा तीन टोली सुपरनोभाज, भेलोसिटी र ट्रेलब्लेजर्सले प्रतिस्पर्धा गरेका थिए । जसमा अंक तालिका शीर्ष दुई टोली सुपरनोवास र ट्रेलब्लेजर्स फाइनल खेलेका हुन् । तीनै टोलीको २–२ अंक भएपनि नेट रनरेटको आधारमा भेलोसिटी पुछारमा रहेर बाहिरिनु परेको थियो ।

लिग चरणका नतिजा छोटकरीमा

पहिलो खेल : सुपरनोभाज १२६–८ (२०) भेलोसिटी १२९–५ (१०.५), भेलोसिटी ५ विकेटले विजयी

दोस्रो खेल : भेलोसिटी ४७ (१५.१) ट्रेलब्लेजर्स ४९–१ (७.५), भेलोसिटी ९ विकेटले पराजित

तेस्रो खेल : सुपरनोभाज १४६–६ (२०) ट्रेलब्लेजर्स १४४–४ (२०), सुपरनोभाज २ रनले विजयी

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.