default_image

4 years ago

November 9, 2020

कोहलीले बिदा मागेपछि रोहित भारतीय टोलीमा समावेश

118 views

0 Bookmark

एजेन्सी– भारतले अष्ट्रेलिया भ्रमणलाई यसअघिको घोषणा टोलीमा नरहेका ओपनर रोहित शर्मा र युवा तीव्र गतिका बलर टि नटराजनलाई समावेश गरेको छ ।

यसअघि घोषणा टोलीमा रोहित टोलीमा नहुँदा भारतीय छनोट समितिको चर्को आलोचना भएको थियो । भारतले यसै महिना हुने अष्ट्रेलिया भ्रमणको लागि दुई साता अघि टेष्ट, ओडिआई र टि२० सिरिजलाई फरक फरक टोली घोषणा गरेको थियो । जसमा रोहित टोलीमा थिएनन् । नटराजनले पहिलो पटक भारतीय टोलीमा स्थान बनाएका छन् ।

भारतले अष्ट्रेलियासँग चार टेष्ट, समान तीन ओडिआई र टि२० आई सिरिज खेल्दैछ । नोभेम्बर, डिसेम्बर तथा जनवरीमा हुने उक्त सिरिजको लागि रोहितलाई टेष्ट टोलीमा मात्रै समेटेको हो । हाल इन्डियन प्रिमियर लिग (आइपिएल) मुम्बई इन्डियन्सबाट खेलि रहेका कप्तान रोहित पछिल्लो समय खुट्टामा चोट बोक्दा टोलीमा थिएनन् । रोहितलाई ओडिआई र टि२० खेलमा पूर्णरुपमा विश्राम दिएको छ ।

कप्तान कोहली पहिलो टेष्टपछि भारत फर्कने छन् । अनुष्का शर्मा र विराट कोहली जनवरीमा पहिलो सन्तानको आमा बाबु बन्दै छन् । जसको कारण कोहली एडिलेडमा टेष्ट खेलेपछि भारत फर्किने छन् । कोहली नहुँदा उपकप्तान अजिंक्या रहाणेले कप्तानी सम्हाल्ने छन् ।

आइपिएलमा सनराइजर्स हैदराबादबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरेका युवा तीव्र गतिका बलर नटराजन योर्करका लागि परिचित छन् । नटराजनले घाइते स्पिनर बरुण चक्रबर्ती स्थान लिएका हुन् । आइपिएलमा हैदराबादलाई क्वालिफायर सम्म पुर्याउन नटराजनको योगदान महत्वपूर्ण रह्यो । नटराजन डेथ ओभरमा लगातार योर्कर फाल्दै छनोट समितिको मन जित्न सफल भएका हुन् ।

जारी आइपिएलमा नटराजन सर्वाधिक योर्कर फाल्ने बलर हुन् । जारी आइपिएलमा नटराजनले १६ खेलमा १६ विकेट लिदै उत्कृष्ट प्रभाव छाडे । इकोनमी ८.०२ को हुँदा उत्कृष्ट प्रर्दशन २–२४ को थियो । त्यस्तै यसअघि टि२० टोलीमा मात्रै परेका युवा ब्याट्सम्यान सन्जु स्यामसनलाई ओडिआईमा पनि राख्ने निर्णय लिएको छ । स्यामसन आक्रामक ब्याटिङका लागि परिचित छन् ।

अष्ट्रेलियाविरुद्ध खेल्ने भारतीय टेष्ट, ओडिआई र टि२० टोली

टेष्ट टोली :

विराट कोहली (कप्तान), रोहित शर्मा, मयंक अग्रवाल, पृथ्वी शा, लोकेश राहुल, चेतेश्वर पुजरा, अजिंक्या रहाणे (उप कप्तान), हनुमा विहारी, सुभमन गिल, ऋद्धिमान शाह (विकेटकिपर), ऋषभ पन्त (विकेटकिपर), जस्प्रित बुमराह, मोहम्मद शामी, उमेश यादव, नवदीप सैनी, कुलदीप यादव, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन र मोहम्मद शिराज

ओडिआई टोली :

विराट कोहली (कप्तान), शिखर धवन, सुभमन गिल, लोकेश राहुल (विकेटकिपर तथा उपकप्तान), श्रेयस ऐर, मनिष पान्डे, हार्दिक पान्ड्या, मयंक अग्रवाल, रविन्द्र जडेजा, युजभेन्द्र चहल, कुलदीप यादव, जस्प्रित बुमराह, मोहम्मद शामी, नवदीप सैनी, सन्जु स्यामसन (विकेटकिपर) र शार्दुल ठाकुर

टि२० टोली :

विराट कोहली (कप्तान), शिखर धवन, मयंक अग्रवाल, लोकेश राहुल (विकेटकिपर तथा उपकप्तान), श्रेयस ऐर, मनिष पान्डे, हार्दिक पान्ड्या, सन्जु स्यामसन (विकेटकिपर), रविन्द्र जडेजा, वासिन्टन सुन्दर, युजभेन्द्र चहल, जस्प्रित बुमराह, मोहम्मद शामी, नवदीप सैनी, दीपक चहर र टि नटराजन

अष्ट्रेलियाको ओडिआई र टि२० टोली :

आरोन फिन्च (कप्तान), सेन एर्वोट, एस्टन अगर, एलेक्स केरी, प्याट कमिन्स, क्यामरन ग्रिन, जोश हेजलवुड, मोईसेस हेनरिक्स, मार्नस लाबुसेन, ग्लेन म्याक्सवेल, ड्यानिल साम्स, केन रिचडर््सन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथु वेड, डेभिड वार्नर र एडम जाम्पा ।

भारत र अष्ट्रेलियाबीचको सिरिजको खेल तालिका

तीन खेलको ओडिआई सिरिज

पहिलो – नोभेम्बर २७, सिड्नी क्रिकेट ग्राउन्ड

दोस्रो – नोभेम्बर २९, सिड्नी क्रिकेट ग्राउन्ड

तेस्रो – डिसेम्बर २, मानुका ओभल

तीन खेलको टि२० आई सिरिज

पहिलो – ४ डिसेम्बर, मानुका ओभल

दोस्रो – ६ डिसेम्बर, सिड्नी क्रिकेट ग्राउन्ड

तेस्रो – ८ डिसेम्बर, सिड्नी क्रिकेट ग्राउन्ड

चार खेलको टेष्ट सिरिज

पहिलो – १७–२१ डिसेम्बर, एडिलेड ओभल(दिन/रात)

दोस्रो – २६–३० डिसेम्बर, मेलबर्न क्रिकेट स्टेडियम

तेस्रो – ७–११ जनवरी, सिड्नी क्रिकेट ग्राउन्ड

चौथो तथा अन्तिम – १५–१९ जनवरी, द गाब्बा

March 15, 2025

मधेशलाई आइजिपी कपको उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

Success

Thank you for your time.