4 years ago
November 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले धुर्मुस सुन्तली फाउन्डेसनले चितवन भरतपुरको शान्तिपुरमा जनस्तरबाट निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको अवलोकन गरेका छन् ।
पारससँगै नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय सदस्य छुम्बी लामा, बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले सोमबार चितवनमा पुगेर गौतमबुद्ध निर्माणधिन रंगशाला अवलोकन गरेका हुन् । पारसले रंगशालाको अवोलोकनपछि फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई सोचभन्दा धेरै राम्रो काम भएको बताएका थिए ।
पारसले यस रंगशालामा खेलेपछि मात्र सन्यास लिन पाए राम्रो हुने बताएका थिए । उनले राम्रो कामको सुरुवात हुनुको साथै नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चाहिएको पनि बताएका थिए । सोच भन्दा धेरै राम्रो काम भई रहेको र समयमै सम्पन्न गर्न सबै क्षेत्रलाई सहयोग गर्न समेत पारसले अनुरोध गरेका थिए ।
‘यस रंगशालमा खेल्न म उत्साहित छु । यस सुरुवातलाई निरन्तरतामा ध्यान दिनु नै ठूलो कुरा हो । धुर्मुस सुन्तली तपाईं बधाईको पात्र हुनुहुन्छ । सहयोग गर्ने सबैलाई धन्यवाद । सबैले यसमा सहयोग गर्न आग्रह गर्दछु । यहाँ खेल्ने मेरो पनि रहर छ । १७ वर्षे क्रिकेट यात्रा पुगिसकेको छ । अब यहाँ पनि खेलेर सन्यास लिन पाए झनै राम्रो हुन्थ्यो,’ पारसले भनेका थिए ।
धुर्मुसले पारस रंगशालामा आउँदा सबैभन्दा ठूलो सहयोग मिल्नुको साथै झनै उत्साहित र हौसला बढेको बताएका थिए । गौतमबुद्ध रंगशाला निर्माणकार्य एक वर्षदेखि निरन्तर जारी छ । कोरोना महामारीको समयमा पनि रंगशाला काम निरन्तर चल्दै आएको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]