default_image

4 years ago

November 9, 2020

स्टार्कले ६ वर्षपछि बिग ब्यास खेल्ने

94 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कले ६ वर्षपछि बिग ब्यास लिग (बिबिएल) खेल्ने भएका छन् । अर्को महिना घरेलु मैदानमा सुरु हुने बिबिएलको लागि स्टार्कले सिड्नी सिक्सर्ससँग सम्झौता गरेका छन् ।

इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोले बिबिएल मेलबर्न स्टार्सबाट खेल्ने भएका छन् । स्टार्कले सन् २०११र१२ मा सिड्नी सिक्सर्सबाटै बिबिएल खेलेका थिए । सिक्सर्सलेनै त्योसंस्करणमा उपाधि जितेको थियो । सिक्सर्सले उपाधि जित्दा स्टार्कले ६ खेलमा १३ विकेट लिएका थिए । पछिल्लो पटक स्टार्कले सन् २०१४ मा बिबिएल खेलेका थिए ।

ग्लेन म्याक्सवेल कप्तान रहेको मेलबर्न स्टार्कले बेयरस्टोलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ । गत वर्षका विदेशी खेलाडीसँग स्टार्सले सम्झौता गरेको छैन । बेयरस्टोले मार्कस स्टोइनिसका साथ ओपनिङ गर्ने छन् ।

लगातार दुई सिजनमा उप विजेता सिमित भएको स्टार्स यो पटक उपाधि जित्ने रणनीतिमा हुने छ । गतवर्ष मेलबर्नबाट विदेशी खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने, पाकिस्तानका तीव्र गतिका बलर हरिफ रौफ, दिलबर हसनैन र दक्षिण अफ्रिका डेल स्टेन खेलेका थिए । सन्दीपले फरक टोलीबाट बिबिएल खेल्ने तयारी गरि रहेका छन् ।

गत वर्षको च्याम्पियन सिक्सर्सको विदेशी खेलाडीमा इंग्ल्यान्डका ब्याट्सम्यान जेम्श भिन्स र अलराउन्डर टम करनलाई अनुबन्ध गरि सकेको छ । बिबिएल डिसेम्बर १० देखि ६ फेब्रुअरी सम्म चल्ने छ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.