default_image

4 years ago

November 9, 2020

रबाडाको ३ बलमा ३ विकेट, तर भएन ह्याट्रिक

84 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्स् पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुग्दा तीब्र गतिका बलर कागिसो रबाडाले सबै भन्दा सनसनीपूर्ण प्रदर्शन गरे । दोस्रो क्वालिफायरमा आइतबार सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै दिल्ली अन्तिम दुईमा पुगेको हो ।

जारी आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडी बनेका दक्षिण अफ्रिकी रबाडाले १९ औं ओभरमा तीन बलमा तीन विकेट लिदै दिल्लीलाई जित नजिक पुर्याएका थिए । तर उनले तीन बलमा तीन विकेट लिएपनि ह्याट्रिक भने भएन । उनले ह्याट्रिक बलमा वाइड फाल्दा त्यो सफलता हात पार्न चुकेका हुन् ।

दिल्लीले प्रस्तुत गरेको १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादका ओपनर तथा कप्तान डेभिड वार्नरलाई रबाडाले दोस्रो ओभरको पहिलो बलमा २ रनमा बोल्ड आउट गरेका थिए ।

हैदराबादलाई अन्तिम २ ओभरमा ३० रन चाहिँएको अवस्थामा कप्तान श्रेयस ऐरले आफ्ना प्रमुख बलर रबाडाको स्पेल १९ औं ओभरमा सक्ने निर्णय लिएका थिए । जुन निर्णयलाई रबाडाले सहि सावित गरे ।

पहिलो बलमा राशिद खानले एक रन बटुल्दा दोस्रो बलमा अब्दुल सामदले डिप स्क्वायर लेगमा छक्का प्रहार गरेका थिए । उक्त छक्कापछि भने रबाडाले उत्कृष्ट जादुमय प्रर्दशन गरे ।

तेस्रो बलमा अब्दुललाई वैकल्पिक फिल्डर किमो पलबाट लङअफमा ३३ रनमा क्याच आउट गराए । लगत्तै अर्को बलमा राशिद खान पनि ठूलो सट खेल्ने धुनमा लङअनमा ११ रनमा अक्षर पटेलबाट समातिन पुगे ।

पाँचौ ह्याट्रिक बलमा भने रबाडाले वाइड फाले । स्वलोवर सर्ट बलमा हाईमा गएपछि वाईड भएको थियो । वाइडपछि रबाडाले श्रीवात्स गोस्वामीलाई डिपमिड विकेटमा शून्यमा क्याच आउट गराएपछि तीन बलमा तीन विकेट लिदै दिल्लीको जित सहज बनाएका थिए ।

समग्रमा रबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । रबाडा जारी सिजनको आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । रबाडाले १६ खेलमा ६२.४ ओभर बलिङ गर्दा एक मेडन राख्दै ५ सय १६ रन खर्चेर कुल २९ विकेट लिएका छन् । जसमा उत्कृष्ट प्रर्दशन ४–२४ छ ।

रबाडा पर्पल क्यापको दाबेदार अग्रस्थानमा छन् । पर्पल क्यापको दाबेदारमा रबाडालाई मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जस्प्रित बुमराहले पछ्याई रहेका छन् । बुमराहले १४ खेलमा ५६ ओभर बलिङ गर्दा ३ सय ७६ रन खर्चिदा कुल २७ विकेट लिएका छन् । बुमराहको उत्कृष्ट प्रर्दशन ४–१४ छ । फाइनलमा मंगलबार मुम्बई र दिल्ली भिड्ने छन् ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.