default_image

4 years ago

November 8, 2020

धवन चम्कँदा दिल्लीको बलियो योगफल

98 views

0 Bookmark

एजेन्सी – ओपनर शिखर धवन र मध्यक्रमका ब्याट्सम्यान शिम्रन हेटमायरको उच्च प्रर्दशनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १ सय ९० रनको बलियो लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ८९ रन बनायो । दिल्लीका ओपनर शिखर धवन ५० बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७८ रनको योगदान दिए । शिम्रन हेटमायर २२ बलमा ४ चौका र १ छक्का सहित ४२ रनमा अविजित रहे । ऋषभ पन्त २ रनमा अविजित रहे ।

दिल्लीले आजको खेलमा मार्कस स्टोइनिसलाई शिखर धवनका साथ ओपनिङ गराउने निर्णय लिएको थियो । जुन निर्णयलाई दिल्लीका ओपनरले सहित सावित गर्दै पहिलो विकेटका लागि ८.२ ओभरमा ८९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर राशिद खानले नवौं ओभरको दोस्रो बलमा स्टोइनिसलाई ३८ रनमा बोल्ड आउट गर्दै उक्त साझेदारी तोडेका थिए । स्टोइनिसले २७ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि धवन र कप्तान श्रेयस एरेले ४० रनको साझेदारी गरेका थिए । जेसन होल्डरको १४ औं ओभरको अन्तिम बलमा ऐर मनिष पान्डेबाट २१ रनमा क्याच आउट भए । ऐरले २० बलमा १ चौका प्रहार गरे । धवन सन्दीप शर्माको १९ औं ओभरको तेस्रो बलमा एलबिडब्लू आउट भएका थिए । फुलटस बलमा ठूलो सट खेल्ने धुनमा मिस भएपछि एलबिडब्लू आउट हुन पुगेका थिए । तेस्रो विकेटका लागि धवन र हेटमायरले ५२ रनको साझेदारी गरेका थिए ।

राशिद खानले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.