default_image

4 years ago

November 8, 2020

पाकिस्तानलाई एक खेल अगावै सिरिज

94 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले जिम्बावेसँगको तीन टि२० आई खेलको सिरिज एक खेल अगावै २–० ले जितेको छ । आइतबार साँझ पाकिस्तानले दोस्रो टि२० खेलमा जिम्बावेलाई ८ विकेटले हराउँदै सिरिज जितेको हो ।

जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १५.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जितमा युवा ब्याट्सम्यान हैदर अली ४३ बलमा ६ चौका र ३ छक्का सहित ६६ रनमा अविजित रहे । कप्तान बाबर आजम २८ बलमा ८ चौका र १ छक्का सहित ५१ रनमा क्याच आउट भए ।

ओपनर फखर जमान ११ बल खेल्दै ५ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि बाबर र हैदरले एक सय रनको शतकीय साझेदारी गर्दै जित सहज बनाए । खुसदील शाह ११ रनमा अविजित रहे । जिम्बावेका तीव्र गतिका बलर मुजाराबानीले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । अन्यले विकेट लिन सकेनन् ।

त्यसअघि रावलपिन्डी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो । जिम्बावेका रयान बुर्ल २२ बलमा १ चौका र १ छक्का सहित ३२ रनमा अविजित रहे । ओपनर ब्रेन्डन टेलर ३, चमु चिभभा १५, सेन विलियम्स १३ र वेस्ली मधेभरेले २४ रनको योगदान दिए । सिकन्दर राजा ७, एल्टन चिगुम्बुरा १८ र डोनाल्ड तिरिपानोले १५ रनको योगदान दिए ।

पकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । लेगस्पिनर उस्मान कादिरले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । फहिम अशराफले एक विकेट लिए । पहिलो खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम मंगलबार हुने छ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.